१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

धवलागिरी जोड्ने सडकको विजोग (फोटोफिचर)

यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।

सिरहाका सिमानाकामा फस्टाउँदै तस्करीः घुमुवा प्रहरी मिलाउँछन् सेटिङ

पछिल्लो समय सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ। सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।

पोखरा–बागलुङ सडक खुलाउनै सकस

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।

सडक कालोपत्रे लक्ष्यको ८५ प्रतिशत

विभागले आर्थिक वर्ष २०७७/७८ मा मुलुकभर १४ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा ११ सय ९० किलोमिटर कालोपत्रे गरेको छ।

भासिएकै सडकमा कालोपत्र

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा सडक भासिएको छ। कालोपोत्र सडकमा लगाएको पर्खालसहित सडक भत्किएको छ। अहिले एकतर्फीरूपमा सवारी साधन आवजजावत गरिरहेका छन्।

गाउँबस्तीमा सडक सञ्जालले जोडियो पातारासी

जुम्लाको पातारासी गाउँपालिकाका हरेक गाउँबस्तीमा सडक सञ्जालले जोडिएको छ। सडकले गाउँ जोडिएपछि दैनिक उपभोग्य बस्तु ल्याउन र उत्पादित कृषिजन्य बस्तु लैजान सहज भएको हो।

गौरवका सडक आयोजनाको प्रगतिः कतै उत्साहजनक,कतै निराशाजनक

वर्षाैंदेखि निर्माण सम्पन्न नभएका गौरवका सडक आयोजनाले गत वर्ष औसत प्रगति गरेको सडक विभागको प्रतिवेदनले देखाएको छ। विभागअन्तर्गतराष्ट्रिय गौरवका ५ वटा आयोजना छन्। गत आवमा मध्यपहाडी लोकमार्गर हुलाकीराजमार्गले सन्तोषजनक प्रगति गरे पनि बाँकीको प्रगति उत्साहजनक छैन।

पहिरोले अवरुद्ध नागढुंगा-नौबिसे सडकखण्ड सुचारु

त्रिभुवन राजपथ अन्तरगत चिसापानी धारा नजिकै सोमबार बिहान पहिरो जाँदा करिव दुई घण्टा सो सडकखण्ड अवरुद्व भएको थियो। अहिले पहिरोले थुपारिदिएको ढुंगामाटो पन्छाएर सो सडक खण्ड पूर्ण रुपमा संचालनमा आएको प्रहरी निरीक्षक महेन्द्र थापाले जानकारी दिए।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ।

पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र

लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ।

पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो

बिहीबारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

'सडक भासिए पनि यातायात अवरोध छैन'

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ।

बाटो निर्माण ढिलाइले तौलिहवा बजार अस्तव्यस्त

तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य बाटोमा ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कम्पनीले कछुवा गतिमा काम गरेकोले सो बाटोमा अहिले हिँडनै मुस्किल परेको छ। वर्षाको कारण देखाउँदै ठेकेदार कम्पनीले २ महिनादेखि काम गर्न राकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्