८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

बाटो निर्माण ढिलाइले तौलिहवा बजार अस्तव्यस्त

हुलाकी सडक निर्माणमा ढिलाई गरिँदा तौलिहवा बजार अस्तव्यस्त बनेको छ। तौलिहवा बजार क्षेत्रमा पर्ने मुख्य बाटोमा ठेकेदार कम्पनी शर्मा एन्ड शर्मा कम्पनीले कछुवा गतिमा काम गरेकोले सो बाटोमा अहिले हिँडनै मुस्किल परेको छ। वर्षाको कारण देखाउँदै ठेकेदार कम्पनीले २ महिनादेखि काम गर्न राकेको छ। जसले गर्दा जमुहारको नहरदेखि प्रशासन चोक नयाँटोल हुँदै छोटकी तौलिहवासम्म पर्ने २३ सय ५० मिटर बाटो हिलाम्य बनेको छ।

बाटो निर्माण अलपत्र हुँदा बाटाका खाल्टाखुल्टीमा पानी जमेको छ। हिलो, खाल्टाखुल्टी र सडकमा पानी जमेकाले सो बाटो हिँडन निकै सास्ती व्यहोर्नू परेको स्थानीय प्रकाश चन्द्र गुप्ताले बताए। ‘वर्षात्को समय भन्दै काम राकेकाले हामीजस्ता सर्वसाधारणलाई सो बाटो हिँडन निकै गाह्रो परेको छ’ उनले भने ‘बाटो निर्माण अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको छ’ उनले भने।

बाटो निर्माण रोकिँदा पनि यस बारेमा कसैले केही वास्ता नगरेको उनले गुनासो गरे। ‘अरु बेला धेरै कुरा गर्ने अगुवा समाजसेवी पनि मौन छन्, प्रशासन समेत मुकदर्शक बनेको छ’ उनले भने। युवा नेता गोपीकृष्ण शर्माले निर्माणाधीन बाटोको निर्माण कार्य रोकिएकाले यात्रुहरुले यति धेरै कष्ट भोग्न बाध्य भएको बताए। उनले बाटो निर्माण चाँडै सुरु नगरिए आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए।

उता प्रजिअ चक्रपाणी पाण्डेयले बाटो निर्माण सुचारु गर्न ठकेदार कम्पनीलाई कडा निर्देशन दिएको बताउँछन्। उनले निर्देशनपछि ठकेदारले काम समेत सुरु गरेको दाबी गरे।

प्रकाशित: ९ भाद्र २०७८ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App