१० आश्विन २०८१ बिहीबार
image/svg+xml

एकतामा ओली 'असहमत'

दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ।

प्रदेश २ सरकारमा माओवादी केन्द्र सहभागी हुँदै

नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी हुने भएको छ। एक मन्त्री र एक राज्यमन्त्रीसहित माओवादी केन्द्र शनिबार प्रदेश सरकारमा सहभागी हुँदैछ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, पार्टी एकताका लागि गठित कार्यदल भंग

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। पार्टीको आज बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताए।

रचनात्मक प्रतिपक्षमा रहन्छौँः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन्।

मार्सल लगाएर बजेट पारित, बिपक्षीद्वारा कुर्सी तोडफोड

गण्डकी प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ । गण्डकी प्रदेश सभाको बुधबार बसेको तेश्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने

नेकपा (माओवादी केन्द्र)ले जनार्दन शर्मा प्रभाकर र पम्फा भुसाललाई मन्त्री बनाउने निर्णय गरेको छ।

नेता नेपाल विपक्षी गठबन्धनमा नबस्ने

वरिष्ठ नेता नेपालले पार्टीमा एकताका लागि भइरहेको प्रयास अन्तिममा पुगेको भन्दै विपक्षी गठबन्धनमा बस्ने नसकिने बताएको नेकपा(एमाले)का नेता रघुजी पन्तले जानकारी दिए।

सर्वोच्चको आदेशले ओलीका कामप्रति नैतिक प्रश्न खडा गरिदियोः नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले राम्रो गरेको प्रतिक्रिया दिएका छन्।

निर्वाचन आयोगको निर्णयः नेकपा माओवादी केन्द्र पार्टी वैधानिक

निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) पार्टी वैधानिक रहेको निर्णय सुनाएको छ।

भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुन्छ : सुवास नेम्वाङ

कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई उनले सो जानकारी दिएका हुन्। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको बताउँदै टुंगो लगाएको विषय भोलि(आइतबार) विहान ८ बजेपछि सार्वजनिक गर्ने बताए।

एकाध विषय टुंगिन बाँकी छ, तैपनि भोलि राम्रो निर्णय आउँछ : विष्ट

दिउँसो साढे १२ बजेदेखि बैठक बसे पनि आजको बैठक पनि टुंगोमा नपुगेपछि भोलिसम्मका लागि बैठक स्थगित गरी बाहिर निस्किएका नेता विष्टले नेकपा एमालेभित्र देखिएको विवादको समाधानका लागि विश्वासको वातावरण बनेको बताए।

माओवादी केन्द्र भन्ने पार्टी खारेज गर्नुपर्छ : रायमाझी

कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो। माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ। यसलाई खारेज गर्नुपर्छ। माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन्।’

सहमतिको अधिकतम प्रयास भइरहेको छः शंकर पोखरेल

आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सिँहदरबारमा जारी बैठकबाट बाहिरिने क्रममा नेता पोखरेलले सञ्चारकर्मीहरुलाई यस्तो प्रतिक्रिया दिएका छन्।

कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्