५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्वोच्चको आदेशले ओलीका कामप्रति नैतिक प्रश्न खडा गरिदियोः नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले राम्रो गरेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताउँदै नेता नेपालले अदालतको उक्त ओदशले ओलीका कामप्रति नैतिक प्रश्न पनि खडा गरेको जिकिर गरेका छन्।  

यस्तै, एमालेले आज बोलाएको बैठकमा आफू नजाने पनि बताएका छन्। आफूलाई जानकारी नदिएरै बोलाइएको बैठकमा नजाने उनले बताए।  

'सर्वोच्च अदालतको आदेशले राम्रो गरेको छ। यसले अहिलेको प्रणाली जोगाएको छ,' उनले भने, 'देउवालाई सीधै प्रधानमन्त्री नियुक्ति गर्न भनेको हुनाले हामीले केही गर्नु परेन। संसद पुनःस्थापना भइसकेको छ। अब हामी संसद जान्छौं, त्यहींबाट निर्णय हुनेछन्। यो आदेशले ओलीका कामप्रति नैतिक प्रश्न पनि खडा गरेको छ।'

प्रकाशित: २८ असार २०७८ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App