१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकाध विषय टुंगिन बाँकी छ, तैपनि भोलि राम्रो निर्णय आउँछ : विष्ट

नेकपा(एमाले)का नेता गोकर्ण विष्टले एमाले कार्यदलको बैठकको निचोड भोलि आउने ठोकुवा गरेका छन्।

बैठकपछि उनले सञ्चारकर्मीहरुसमक्ष एकाध विषयमा छलफल बाँकी रहेकोले भोलि पनि बैठक बस्ने भोलिको बैठक नै अन्तिम हुने बताउँदै बैठकले सकारात्मक सन्देश दिने बताएका हुन्।  

दिउँसो साढे १२ बजेदेखि बैठक बसे पनि आजको बैठक पनि टुंगोमा नपुगेपछि भोलिसम्मका लागि बैठक स्थगित गरी बाहिर निस्किएका नेता विष्टले नेकपा एमालेभित्र देखिएको विवादको समाधानका लागि विश्वासको वातावरण बनेको बताए।

उनले अहिलेको आवश्यकता नै एमालेबीचको एकता भएकाले जनताको अपेक्षा पूरा गर्नका लागि भोलि सार्थक सन्देश आउने गरी बैठकले निर्णय गर्ने दोहोर्याएका थिए।

उनले एमालेभित्रको विवाद समाधानका लागि गठन गरेको कार्यदलले थप गम्भीर भएको बताए।  ‘हामी अन्तिम निश्कर्षमा आएका छौं। एकाध विषय अझ टुंगिन बाँकी छ। करिब आधा दर्जन विषयमध्ये धेरैमा सहमति भइसकेको छ । सम्पूर्ण हिसाबले भोलि राम्रो निर्णय आउँछ।’ उनले भने।

प्रकाशित: २६ असार २०७८ १२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App