coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुन्छ : सुवास नेम्वाङ

नेकपा(एमाले) का नेता सुवास नेम्वाङले पार्टीभित्र देखिएको विवाद टुंगिएको बताउँदै भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउने बताएका छन्।

कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई उनले सो जानकारी दिएका हुन्। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको बताउँदै टुंगो लगाएको विषय भोलि(आइतबार) विहान ८ बजेपछि सार्वजनिक गर्ने बताए।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट वार्तामा सहभागी उनले कार्यदलले निक्कै मिहेनत गरेको बताउँदै काम टुंग्याए बराबर भएको बताए।

‘सबैकुरा भोलि बिहान थाहा हुन्छ, भोलि विहान सुखद् समाचार सुन्न पाउनुहुनेछ।’ उनले भन। वार्तामा भएका सहमतिको विषय र वुंदाहरु भोलि विहान सार्वजनिक गर्ने कार्यक्रम तय गरेको उनको भनाइ छ।

प्रकाशित: २६ असार २०७८ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App