१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, पार्टी एकताका लागि गठित कार्यदल भंग

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। पार्टीको आज बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले बताए।  

उनले आफूहरु प्रतिपक्षी भएकाले प्रतिपक्षी नै रहने जनाउँदै विश्वासको बत नदिने बताएका हुन्। ‘देशप्रति जिम्मेवार र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक एवं जनताको हितप्रति अटल रहँदै अब नेकपा (एमाले) ले सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ । 

अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरूलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने’ निर्णय भएको प्रवक्ता ज्ञवालीले प्रेस विज्ञप्तिमा उल्लेख छ।

बैठकले विभिन्न चारवटा वुंदाहरुमा छलफल गरी निर्णय गरेको उनको भनाइ छ।

बैठकले असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा गरिएको फैसलाले नेपालको संविधानको अक्षर र भावना, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गरेको ठोकुवा गर्दै सो पैmसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेलेको ठहर गरेको छ। त्यस्तै नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रयासलाई सफल बनाउन कार्यदलले तयार गरेको प्रस्तावलाई अनुमोदन गर्ने, कार्यदल विघटन गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित: १ श्रावण २०७८ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App