६ आश्विन २०८१ आइतबार
image/svg+xml

ट्याक्टर दुर्घटनामा एककाे मृत्यु

अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका १ आम्बासीका ४५ वर्षीय तीर्थबहादुर कार्कीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको परिवारलाई दश/दश लाख दिइने

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दश/दश लाख रुपैयाँ प्रदान गरिने भएको छ।

पहिरोले पुरिएर धादिङमा एक जनाको मृत्यु

बिहिबार बेलुकादेखि लगातार पानी परेपछि गोठमा भएको रागो फूकाउन जाँदा मध्यरातमा पहिरोमा परेर उनको मृत्यु भएको हो।

बाढीले बगाउँदा एक जनाको मृत्यु

बाढीले बगाउँदा अर्घाखाँची शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीको मृत्यु भएको छ । बाणगंगा नदीमा नुहाइरहेका बेला उनलाई बढीको भेलले बगाएको थियो ।

कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु

जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ ।

कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए ।

सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जनाको मृत्यु

भद्रपुर नगरपालिका– २ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माण स्थलमा खनिएको पोखरीमा डुबेर तीन जना बालकको मृत्यु भएको छ।कमलधाप पर्यटन क्षेत्र विकास समिति र निर्माण कम्पनीको लापरवाहीले तीन जना बालकको ज्यान गएको भन्दै आफन्त र छिमेकीहरु आक्रोशित भएका छन । तीन जना बालकको मृत्यु भएसँगै गाउँ नै शोकमा डुबेको छ।

गोली लागेर घाइते एक जनाको मृत्यु

पाँच दिनअघि सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका सुनसरी हरिनगरका एक युवकको बुधबार राति उपचारका क्रममा मृत्यु भएको छ । साउन २ गते राति तस्कर समूह र सशस्त्र प्रहरीबीच सुनसरीकै हरिनगर वडा नं. ७ को मोहरम चौकमा झडप हुँदा घाइते भएका स्थानीय सहवाज अनसारीको मृत्यु भएको हो ।

कुलोबाट चिप्लेर लड्दा मृत्यु

कुलोमा चिप्लेर लड्दा उदयपुमा एक जनाको मृत्यु भएको छ। खेतमा पानी लगाउन जाँदा कुलोबाट चिप्लेर लड्दा जिल्लाको कटारी नगरपालिका १४ घुर्मीका ५७ वर्षिय कृष्णबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

भिरबाट लडेर महिलाको ज्यान गयो

ओखलढुंगामा भिरबाट लडेर महिलाको ज्यान गएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ की चन्द्रकला मगरको भिरबाट लडेर ज्यान गएको हो ।

प्रदेश ५ मा सवारी दुर्घटना : तीन वर्ष यताकै कम मृत्यु

५ नम्बर प्रदेशमा पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा परि ४ सय ८३ जनाको मृत्यु भएको छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशका कुल १२ जिल्लामा भएका सवारी दुर्घटनामा ४ सय ८३ जनाले ज्यान गुमाएका छन् । यो संख्या अघिल्ला दुई वर्ष भन्दा कम हो ।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

कोरोना संक्रमणबाट महोत्तरीमा एकको मृत्यु

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ।

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख १३ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्