९ मंसिर २०८१ आइतबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा बागमती माथि सशस्त्रको जित

मध्यक्रमकी व्याटर रोमा थापाले २२ रनको महत्वपूर्ण इनिङ्स खेलेपछि सशस्त्र प्रहरी बलले मंगलबार नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा ६ विकेटको जित निकालेको छ।

नवौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पहिलो जित निकाल्ने गण्डकीको चाहना अधुरै , ४० रनले पराजित

घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन्। आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो। मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसाथ गर्दै गण्डकी माथि सदा झैं दबाव कायमै राख्यो।

‘उत्कृष्ट प्रदर्शनमा पनि खुसी भइनँ’

वर्षाका कारण खेल हुन सकेन। रिजर्भ डे पनि नभएकाले आयोजकले समूहचरणको विजेताको हैसियतमा युएई फाइनलमा पुगेको निर्णय दियो। मलेसियामा सम्पन्न त्यो प्रतियोगितामा एक पटक फेरि नेपाल असफल रह्यो।

नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

मलेसियामा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको थियो । यही असार ११ गते नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीचको पहिलो सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो।

सफलताका मार्ग कोर्ने नेपालको लक्ष्य

यो च्याम्पियनसिप दुई अर्थले महत्त्वपूर्ण हुनेछ। एक यो एसिया कपको रोडम्याप पनि हो भने अर्को महिला टोलीलाई उपाधिको खडेरी तोड्ने अवसरका रूपमा हेरिएको छ। शीर्ष दुई अर्थात् फाइनलमा प्रवेश गरे नेपाल एसिया कपका लागि छनोट हुनेछ। सोही लक्ष्यसहित नेपालले तयारीलाई तीव्रता दिइरहेको छ।

यु–१९ महिला टोलीको विश्वकप लक्ष्य

मलेसियामा आयोजित एसियाली छनोटमा च्याम्पियन हुँदै नेपाली यु–१९ महिला क्रिकेट टोलीले महिला यु–१९ ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको हो। उक्त विश्वकप सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुँदै छ।

नेपालको लगातार दोस्रो जित

ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले युगान्डासँगको पाँचौं ट्वान्टी–२० क्रिकेटमा शनिबार फराकिलो जितसहित शृंखलामा सुखद अन्त्य गरेको छ।

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।

मोरङ र झापाको विजयी सुरुवात

नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा मोरङले सप्तरी र झापाले सुनसरीलाई पराजित गरेका हुन्।

राष्ट्रिय महिला क्रिकेट: फाइनलमा एपिएफ र प्रदेश १

यसअघि सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै सामान्य योगफल मात्रै बनायो। ७ रनमा ३ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षतिमा ८५ रन बनायो।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः सेमिफाइनल समिकरण पूरा

धनगढीमा पुस ३ गतेदेखि जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार लिग चरणका सबै खेलहरु सम्पन्न भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: एपिएफ सेमिफाइनलमा

एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे। सुदूरपश्चिमका लागि कप्तान ऋतु कनौजियाले तीन तथा दीपा जोरा र कविता जोशीले समान दुई विकेट लिए।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः प्रदेश १ द्वारा लुम्बिनी पराजित

धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मंगलबारको खेलमा समूह ए मा रहेको प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको छ। समूह ए बाट यसअघि नै सेमिफाइनल पुगेका दुवबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट: लुम्बिनी र प्रदेश–१ सेमिफाइनलमा

लुम्बिनी प्रदेश र प्रदेश–१ धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

महिला क्रिकेट: नेपालद्वारा मलेसिया पराजित

संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई पराजित गरेको छ। जितसँगै नेपाल शीर्ष स्थानमा उक्लेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्