१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

मोरङ र झापाको विजयी सुरुवात

विराटनगरमा जारी प्रथम इक्वालिटी कप लिग महिला क्रिकेटमा मोरङ र झापा जिल्लाले विजयी सुरुवात गरेका छन्। नेपाल क्रिकेट फाउण्डेसनले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा मोरङले सप्तरी र झापाले सुनसरीलाई पराजित गरेका हुन्।

प्रतियोगिताको पहिलो खेलमा मोरङले सप्तरीलाई १ सय ५१ रनको विशाल स्कोरमा पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ थालेको मोरङले २० ओभरमा १ विकेट गुमाउँदै १ सय ९४ रनको विशाल स्कोर बनायो। मोरङकी वुमने अफ द म्याच सिर्जना राजवंशीले ६२, सानु राजवंशीले ४५ र टीका साहले ४३ रन बनाए। सप्तरीकी  सिर्जना चौधरीले १ विकेट लिएकी थिइन्।

सप्तरीले पाएको १ सय ९५ रनको लक्ष्य पछ्याउने क्रममा १४ ओभर १ बल खेल्दै ४३ रनमै समेटियो। कसैले पनि दोहोरो अंक बटुल्न सकेनन्। मोरङकी अंशु जैसवालले ५ विकेट लिइन्।

दोस्रो खेलमा नेपालको राष्ट्रिय टोलीकी कप्तानसहित अन्य खेलाडी सम्मेलित झापाले सुनसरीलाई ९१ रनको फराकिलो स्कोरमा पराजित गरे। टस जितेर पहिलो ब्याटिङ थालेको झापाले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ४० रनको स्कोर बनायाे। झापाकी  काजोल श्रेष्ठले ३५ र लक्किता राजवंशीले ११ रन बनाए। सुनसरीकी नुमा लिम्बूले २ विकेट लिइन्।

१ सय ४१ रनको लक्ष्य पछ्याएको सुनसरीले १८ ओभर २ बलमा सबै विकेट गुमाउँदै ४९ रनमै समेटियो। सुनसरीकी एन्जल दोर्जे र सपना साहले समान ११–११ रन बनाए। वुमेन अफ द म्याच झापाकी अफसरी बेगमले ३ विकेट लिइन्।

प्रतियोगिताअन्तर्गत आइतबारको पहिलो खेल सप्तरी र सुनसरी तथा दोस्रो खेल झापा र मोरङबीच हुनेछ।

प्रकाशित: २१ फाल्गुन २०७८ १३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App