कतारविरुद्ध शृंखला क्लिन स्विप
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५५ रनमा समेटिँदा नेपालले शृंखला क्लिन स्विप गरेको हो।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतार निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर ५५ रनमा समेटिँदा नेपालले शृंखला क्लिन स्विप गरेको हो।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश– १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई क्रिकेट ब्याट प्रदान गरेको छ। खेलाडीलाई जनही एक थान ब्याट प्रदान गरिएको हो।
प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए।
तालिवान सत्तामा फर्किएपछि अफगानिस्तानको खेलकुद जगत कुन ढंगबाट अघि बढ्छ भन्ने अन्योल कायम नै छ।
आगामी बैशाख पहिलो साता पोखरामा प्रो–३५ फ्रेण्डसिप महिला क्रिकेट सिरिज हुदैंछ ।
ओपनरद्वय काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीको अविजित शतकीय साझेदारीबाट प्रदेश–१ ले सोमबार ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लुम्बिनी प्रदेशमाथि १० विकेटको सानदार जित निकालेको छ।
कञ्चन श्रेष्ठको आक्रामक ब्याटिङका बावजुद ललितपुर मेयर– ११ ले शनिबारबाट सुरु भएको ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा हारबाट सुरुआत गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको खेलतालिकाअनुसार प्रधानमन्त्री कपको विजेता प्रदेश–१ ले एपिएफविरुद्ध चुनौती प्रस्तुत गर्दै चैत २१ देखि हुने मेयर कप महिला क्रिकेटको यात्रा सुरु गर्ने भएको हो। पहिलो दिन दुई खेल हुँदा दोस्रो खेलमा मेयर–११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौं महानगरपालिकाकै सहयोगमा हाल पुरुषको एकदिवसीय मेयर कप क्रिकेट सञ्चालन भइरहँदा ललितपुर महानगरपालिकाले पनि ट्वान्टी–२० महिला क्रिकेट आयोजनामा सघाउ पुर्याउने भएको छ। ललितपुर महानगरपालिकाले नेपाल क्रिकेट संघ (क्यान) लाई ललितपुर मेयर कप क्रिकेट प्रतियोगिता आयोजनामा आर्थिक सहयोग गर्दै क्रिकेटमा पनि आफ्नो सहभागिता बढाएको हो।
शनिबारदेखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली आईतबार प्रस्थान गर्ने भएको छ ।