७ वैशाख २०८१ शुक्रबार
खेल

महिला खेलाडीलाई ब्याट

मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश– १ ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई क्रिकेट ब्याट प्रदान गरेको छ। खेलाडीलाई जनही एक थान ब्याट प्रदान  गरिएको हो।

इटहरीमा बुधबार आयोजित कार्यक्रमा क्रिकेट सेन्टरले राष्ट्रिय महिला क्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्रीसहित प्रदेश नं. १ र २ का एघार खेलाडीलाई ब्याट प्रदान गरेको हो। महेन्द्र मेमोरियल एकेडेमी दुहवीका निर्देशक निश्चलराज शाक्यको सहकार्यमा ब्याट प्रदान गरिएको सेन्टरका अध्यक्ष विप्लव घोषले बताए। क्रिकेटका खेलसामग्री महँगो भइरहेको अवस्थामा निःशुल्क रूपमा पाएको स्तरीय ब्याटले खेलाडीको प्रदर्शनमा सहयोग पुग्ने महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटाले बताए। 

प्रकाशित: १४ आश्विन २०७८ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App