८ वैशाख २०८१ शनिबार
खेल

बैशाख पहिलोसाता पोखरामा महिला क्रिकेट सिरिज

महिला क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिदैं । तस्बिर नागरिक

आगामी बैशाख पहिलो साता पोखरामा प्रो–३५ फ्रेण्डसिप महिला क्रिकेट सिरिज हुदैंछ । पोखरा क्रिकेट क्लबको आयोजना तथा वाईन किंगको मुख्य प्रायोजनमा आगामी बैशाख ३ र ४ गते दुई दिन महिलाहरुको क्रिकेट सिरिज हुने पोखरा क्रिकेट क्लबले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गरायो ।  

सिरिज ३५ ओभरको खेलाईने छ । दुई दिन प्रतिस्पर्धा गर्ने छन् । पोखरा र काठमााडौंको एक–एक टिमको सहभागिता रहने प्रतियोगिता संयोजक गोविन्द प्रधानले जानकारी दिए । मदिरा व्यवसायी समितिका अध्यक्ष डिल्लीराम पनेरुले शनिबार पत्रकार सम्मेलनमा प्रतियोगिताको मुख्य ट्रफी सार्वजनिक गरे ।

पोखराको तर्पmबाट पोखरा क्रिकेट क्लव  र काठमाण्डौको अल्फा एकेडेमी बीच हुने छ । प्रतियोगितामा विजयी हुने टिमले ट्रफी सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी दुई खेलमा म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक पोखरा क्रिकेट क्लवका अध्यक्ष निकेश श्रेष्ठले प्रतियोगिताबाट पोखरामा क्रिकेटतर्फ आकर्षित महिला खेलाडीहरुलाई थप उर्जा प्राप्त हुने विश्वास लिएको बताए ।  

पोखरा क्रिकेट क्लवले महिला खेलाडीहरुका लागि प्रतियोगितात्मक रुपमा शुरुवात गरेको भएपनि आगामी दिनहरुमा अन्य कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरिने उनको भनाई थियो ।  प्रतियोगितामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेटको अनुभव बटुलिसकेका खेलाडीहरुको सहभागिता रहने क्लवका उपाध्यक्ष उत्सव शाक्यले बताए ।  

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक देवीप्रसाद गुरुङ्ग, क्लवका द्वितिय उपाध्यक्ष चन्द्र गुरुङ्ग जिम्मी, पूर्व खेलाडी ऋषिकेश शर्मा पौडेल लगायतले आ–आफ्नो भनाई राखेका थिए । 

प्रकाशित: २८ चैत्र २०७७ ०८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App