८ वैशाख २०८१ शनिबार
खेल

महिला टोलीलाई ट्रयाकसुट र ट्राभलव्याग

पूर्व राष्ट्रिय खेलाडी विरेन पुन ट्राभल व्याग हस्तान्तरण गर्दै । तस्बिर नागरिक

शनिबारदेखि दाङको लमहीमा आयोजना हुने प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली आईतबार प्रस्थान गर्ने भएको छ ।  

शिला रेग्मी क्षत्रीको कप्तानीमा १४ सदस्यीय टोली तथा दुई अफिसियल गरी १६ सदस्यीय टोली आईतबार लमही प्रस्थान गर्नेछ । टोलीमा सिमना केसी उपकप्तान रहेकी छन् । एलिसा लामिछाने, सृष्टि पौडेल, सृजना पौडेल, ज्योत्स्नीका मरासिनी, सोनिया थापा(विकेट किपर), पूर्णता शाही, प्रमिला बानिया, गंगा लुयली, कुसुम गोदार, अन्जली विक, अमृता वाग्ले र विन्दु थापा मगर टिममा रहेका छन् । अफिसियलमा गोविन्द प्रधान(प्रशिक्षक) र अर्जुन थापा(व्यवस्थापक)को रुपमा रहने छन् ।  

गण्डकी प्रदेशले पहिलो खेल आगामी १४ गते सूदुरपश्चिम प्रदेशसँग खेल्नेछ । दोस्रो खेल १५ गते बाग्मती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ र लिगको अन्तिम खेल प्रदेश–१ सँग खेल्नेछ । महिला टोलीलाई शनिबार सुर्योदय कला केन्द्र पोखराले ट्रयाक सुट हस्तान्तरण गरेको छ । पोखरा रंगशाला शनिबार बिहान आयोजित कार्यक्रममा वाईनकिङ्गका प्रोपाईटर एवं कास्कीका पूर्व राष्ट्रिय  विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गरेका थिए । केही दिन अघि मात्रै पूर्व जिल्ला खेलाडी राजकुमार छन्त्यालले दुईवटा ब्याट तथा कास्की जिल्ला क्रिकेट कोषाध्यक्ष चन्द्रकुमार गुरुङले क्रिकेट प्याड्स प्रदान गरेका थिए ।  

ट्रयाक सुट सहयोग गर्ने रवि श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कप्तान शिला रेग्मीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । गण्डकी खेलकुद पत्रकार मन्चका अध्यक्ष एकराज गिरी,  नेपाल क्रिकेट संघ कास्कीको कोषाध्यक्ष चन्द्रकुमार गुरुङले खेलाडीलाई राम्रो खेलको लागि शुभकामना दिए । 

प्रकाशित: ११ पुस २०७७ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App