१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

इटहरीमा महिला क्रिकेटको प्रशिक्षण

विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीका लागि आज बिहीबारदेखि इटहरीमा प्रशिक्षण हुने भएको छ। आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्ने जानकारी दिइयो।  

प्रशिक्षक जगत टमटाले बुधबार पत्रकार सम्मेलनमा एक सातासम्म प्रशिक्षण चल्ने जानकारी दिए। इटहरीको क्षेत्रीय रंगशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराउने उनले बताए। छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीलाई सानोसानो समूहमा प्रशिक्षण सुरु गरेको हो। पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण गरेको थियो।  

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाडाैँमा राखिने प्रशिक्षक टमाटाले बताए। क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ।

गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्स कप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो। देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानोसानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यसको तयारीमा जुटेको प्रशिक्षक टमाटाले बताए। 

प्रशिक्षणमा प्रदेश नंं. २ का ३ जना सहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम संयोजक विप्लव घोषले बताए। मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको  एसिया छनोट २३ बाट २८ नोभेम्बरसम्म हुनेछ। 

प्रकाशित: ७ आश्विन २०७८ ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App