६ आश्विन २०८१ आइतबार
image/svg+xml

केपी ओली कम्युनिस्ट पार्टीमा छिपेर बसेको गोमन सर्प रहेछन् : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छिपेर बसेको गोमन सर्प’ को संज्ञा दिएका छन्।

सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोज्योः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनपछि सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोजेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रचण्ड–नेपाल पक्षतर्फ इङ्गित गर्दै विदेशी चलखेल निम्त्याउन खोजेको आरोप लगाएका हुन्।

संसद विघटनविरुद्ध संयुक्त आन्दोलनको सम्भावना कति ?

प्रधामन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपालको राजनीति नयाँ मोडतर्फ उन्मुख छ। संसद विघटनविरूद्ध एकाध बाहेक सम्पूर्ण शक्तिहरु एक ठाउँमा उभिएका छन्।

वैदेशिक हस्तक्षेपबाट बचाउन संसद विघटनः मुख्यमन्त्री पौडेल

‘नेपाल हिजो भारतको खेल मैदान थियो, एउटा सचिव पनि दिल्लीबाट नियुक्ती हुन्थ्यो,’ उनले भने, ‘आज हाम्रो प्रधानमन्त्रीले खेल मैदानको अन्त्य गर्नुभएको छ।’ भारत, अमेरिका, युरोपियन यूनियन केपी ओली सरकारको विरुद्धमा रहेको भन्दै उनले उनीहरुले कठपुतलीको सरकार चाहेको र प्रचण्ड–नेपाल नेतृत्वको पक्षमा रहेको पनि तर्क गरे।

सभामुखले भने : प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार छैन

सभामुख अग्नि सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नदिएको बताएका छन्। चार वटा राजनीतिक दल आवद्ध महिला संगठनको ज्ञापनपत्र बुझ्दै सापकोटाले यहि परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको बताए।

निर्वाचन कि आन्दोलन, ढुलमुलमा कांग्रेस

सरकारले ‘असंवैधानिक तवरबाट’ पुस ५ गते संसद विघटन गरेको विषयलाई लिएर सरकारको चौतर्फी आलोचना भइरहेको छ। देशभर दिनहुँ प्रदर्शनहरु भइरहेका छन्। एकाध बाहेक देशका सम्पूर्ण राजनीतिक दलहरु संसद विघटनविरूद्ध एक ठाउँमा उभिएका छन्।

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी आन्दोलन गर्न हुँदैन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका सम्बन्धमा अदालतको फैसला कुर्नुपर्ने बताएका छन्।

वैशाखमा चुनाव हुँदैनः वर्षमान पुन

नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन 'अनन्त'ले प्रधानमन्त्री केपी शर्मा ओलीको नियत चुनाव गराउने नभएको बताएका छन्।

सरकार काम चलाउ भइसक्यो : कांग्रेस नेता खाँण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकार काम चलाउ भइसकेको बताएका छन। नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता खाँणले काम चलाउ सरकारले दिर्घकालिन महत्वका कुनैपनि निर्णय गर्न नपाउने बताए।

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन्।

गगन थापाको आरोप : राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनतासँग कपट गरे

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको पछिल्लो कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे।

विरोधको शैली : ओलीको कदमलाई 'स्वाहा'

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

ओली सरकार आतंककारी हो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘आतंककारी सरकार’को संज्ञा दिएका छन्। नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को आयोजनामा सोमबार भक्तपुरमा भएको विरोधसभामा सभापति देउवाले अहिलेको कम्युनिस्ट सरकारको आतंककारी गतिविधि समाप्त पार्नु जनताको जिम्मेवारी रहेको बताए।

संसद विघटनको विरोध गर्दै डम्फूसहित प्रदर्शन

वृहत नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित प्रदर्शन गरेको छ। माईतीघरमा डम्फू बजाएर प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरिएको हो।

केपी ओली श्री ३ महाराज बन्ने बाटोमा : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले असंवैधानिक तवरबाट विघटित प्रतिनिधिसभा तत्काल सुचारु गर्ने आदेश दिने विश्वास व्यक्त गरेका छन्। जनसांस्कृतिक महासंघ नेपालले काठामाडौंमा आयोजना गरेको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतबाट आफूहरुको पक्षमा आदेश दिने विश्वास व्यक्त गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्