१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोज्योः परराष्ट्रमन्त्री

फाइल तस्वीर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनपछि सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोजेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रचण्ड–नेपाल पक्षतर्फ इङ्गित गर्दै विदेशी चलखेल निम्त्याउन खोजेको आरोप लगाएका हुन्।  

‘प्रचण्डको अन्तार्वार्ता हेर्दै थिएँ। त्यहाँ उहाँले भन्दै हुनुहुन्थ्यो, यति बेलासम्म अमुक देश किन मौन बसेको हो? यो मौनता मलाई ठ्याम्मै पचेन है। हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं। एउटा देश चुप लागेर बस्न मिल्छ?’ प्रचण्डले एउटा टेलिभिजनलाई दिएको अन्तार्वार्ताको अंश उद्धृत गर्दै मन्त्री ज्ञवालीले भने।  

उनले नेपालको आन्तरिक समस्यालाई लिएर बाह्य शक्ति निम्त्याउन खोज्नु दुःखद् भएको बताए। उनले केही नेताहरुको कहिल्यै पूरा नहुने महत्वाकांक्षालाई जनताले साथ नदिनेमा आफू विश्वस्त रहेको समेत बताए।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवाली जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाका लागि पाल्पा पुगेका हुन्।

प्रकाशित: १८ पुस २०७७ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App