४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी आन्दोलन गर्न हुँदैन : देउवा

फाइल तस्वीर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका सम्बन्धमा अदालतको फैसला कुर्नुपर्ने बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले अदालतमा विचाराधीन रहेको विषयमा धेरै टिप्पणी गर्न नुहने बताएका हुन्।

उनले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नेगरी आन्दोलन गर्न नहुने बताए। ‘अदालतलाई प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत यसो गर, उसो गर भन्दै धम्क्याउनु उचित हुँदैन,’ उनले भने, ‘अदालतको निर्णयलाई पर्खिनुपर्छ।’ देउवाले स्वतन्त्र न्यायलयले गर्ने निर्णयलाई सबैले मान्नुपर्नेमा जोड दिए।

तर, उनले प्रधानमन्त्री केपी शर्मा ओलीबाट असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालिएको बताए। ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको उनको भनाई छ। ओलीको पछिल्लो कदमको विरोधमा कांग्रेसले देशैभर आवाज उठाइरहेको देउवाको दाबी छ।

नेपाली कांग्रेसले पुस १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ। आज कांग्रेसले देशैभर ४५औं मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि मनाइरहेको छ।

प्रकाशित: १६ पुस २०७७ ०६:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App