७ आश्विन २०८१ सोमबार
image/svg+xml

बालिका करणीको आरोपमा पक्राउ

पाँचथरको उत्तरी याङवरकको थर्पुबजारमा बालिका करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ

महोत्तरीमा १० वर्षीया बालिकासंग जवरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सोमबार दिउँसो गौशाला ९ घर भएका १८ वर्षीय विपिन रामलाई घर नजिकैका एक १० वर्षीया बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गौचन र तिवारी हत्याका अभियुक्त पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ।

अवैध भारतीय नोटसहित एक पक्राउ

आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित सोमबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ।

लागुऔषध कारोवारी पक्राउ

झापा प्रहरीले ठूलो परिणामको लागुऔषध कारोबारमा सलग्न एक जना महिलालाई पक्राउ गरेको छ। व्यवसायिक रुपमा लागू औषध कारोबार गर्ने दमक १ की मन्जु धिमाललाई प्रहरीले पक्राउ गरेको हो।

मेट्रोका प्रहरी सहायक निरीक्षक ३ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) रमेश खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत खड्कालाई सोमबार ३ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ।

हाब्रेको छालासहित ४ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित ४ जनालाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आइतबार पक्राउ गरेको हो।

यौनधन्दा चलाउने होटल सञ्चालक र युवती पक्राउ

कञ्चनपुरको वेदकोटमा यौनधन्दा चलाउने होटल सञ्चालक र एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवैध धन्दाको सूचनापछि आइतबार ईलाका प्रहरी कार्यालय झलारीले वेदकोट ३ दैजी बजारको सम्झना होटेल एण्ड रेष्टुरेन्टमा छापा मारी सञ्चालक विजय रोकाया र दैलेख घर बताउने महिलालाई नियन्त्रणमा लिएको हो।

बलु पौडेल हत्यामा संलग्न ३ जना पक्राउ, सीआइवीले सार्वजनिक गर्दै

रुपन्देहीमा हत्या भएका व्यवसायी बसन्त पौडेल (बलु) को हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनको पुस २१ गते देवदह २ ढेकावारमा रहेको आफ्नै सःमिलमा आगो तापेर बसिरहेका पौडेललाई ग्राहक बनेर मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेर भागेका थिए।

नागरिकता किर्तेमा सिडिओको बयान लिइयो, वडाध्यक्ष र सचिव पक्राउ

जिल्ला प्रशासन कार्यालय रामेछापबाट कागजजात किर्ते गरी नागरिकता लिएको घटनाको छानविनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापले उमाकुण्ड गाउँपालिका ७ भुजीका वडाध्यक्ष र वडा सचिवलाई ३ गतेदेखि हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

म्यानमारमा सांसद पक्राउ

म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ । जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ।

चोरी भएका गरगहनासहित चार पक्राउ

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सुनचाँदी पसलबाट चोरी गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। करिब रु २७ लाख बराबरको सुनचाँदीको गहनासहित उनीहरू पक्राउमा परेका हुन्।

श्रीमतीको हत्या गरी फरार राजवंशी ४ महिनापछि पक्राउ

श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन्।

युवतीमाथि जवरजस्ती गरेको आरोपमा एक पक्राउ

युवतीमाथि जवरजस्ती गरेको आरोपमा यहाँका १ युवक मंगलबार पक्राउ परेका छन्। दिदीको घर आएकी युवतीलाई विहे गर्छु भन्दै फकाउँदा नमानेपछि जवरजस्ती हातपात गरी घाइते बनाएको आरोपमा त्रियुगा नगरपालिका १४ साउनेका सार्जन राईलाई मंगलबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्