जबरजस्ती करणी गरी फरार रहेका राप्तीसोनारी ५ का ३९ वर्षीय जन्जीर थारु पक्राउ परेका छन्।
बर्दिया घर भइ हाल नेपालगन्जमा कोठा भाडामा लिइ बस्ने ४५ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जनाए।
प्रकाशित: १२ कार्तिक २०८० ०९:४६ आइतबार