३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमान हत्या आरोपमा श्रीमती पक्राउ

श्रीमानको हत्या गराएको आरोपमा श्रीमती पक्राउ परेकी छिन्। भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

गत असोज ९ गते बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा अजित कुमार सिंहको गोली हानी हत्या गरिएको थियो। सिंहको हत्याको मुख्य योजनाकार उनीकी श्रीमति सोनम रहेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेले बताए।

हत्यामा सलंग्न अन्य पाँच जना अझै फरार छन्। भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया वस्ने वर्ष २५ का सुजित कुमार सिंह, सोही ठाउँ निवासी वर्ष २४ का चन्चल पाण्डे, वर्ष २२ का मनिष कुमार सहनी, वर्ष २० का कामेश्वर सहनी र वर्ष २० का रञ्जीत मुखिया फरार रहेको प्रहरीले जनाएको छ।

सोनम कै योजनामा सुजित कुमार सिंह समेतको संलग्नतामा अजितको हत्या भएको प्रहरीले जनाएको छ। सुजितसँग आफ्नो सम्बन्ध रहेको सोनमले प्रहरीसमक्ष बयान दिएकी छिन्।

सुजितसँग सोनमको अवैध सम्बन्ध र आर्थिक लेनदेन रहेको तथा सो विषयमा अजितले थाहा पाएपछि उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी काफ्लेले बताए। भारत मोतिहारी माइती भएकी सोनम बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन।

घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजित पछाडि बसेर आएका थिए। लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितले अजितलाई गोली प्रहार गरेको बुझिएको छ।

अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए। करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए।

सुन बेचेर आएको रकम उनीहरूले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए। जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको खुलेको एसपी काफ्लेले जानकारी दिए।

हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम फत्ते  भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका थिए।  

सुजितको समूहले बारामा एकवर्ष अघि पनि एकजनाको हत्या गरेको खुलेको छ।

प्रकाशित: १५ आश्विन २०८० ०४:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App