२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

पेस्तोलसहित तीन जना पक्राउ

पेस्तोल र गोलीसहित तीन जनालाई शुक्रबार राती  प्रहरीले मोरङको धनपालथानबाट पक्राउ गरेको छ।  

सर्लाहीको हरिपूर्वा नगरपालिका–७ का २७ वर्षीय रविन्द्रकुमार यादव, २४ वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला–६ का २२ वर्षीय रामदयाल यादवलाई पेस्तोल र गोलीसहित पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।रामदयाल र कमलेश शनिबार बिहान सीमा क्षेत्रबाट पक्राउ परेका हुन्।  

नेपाल–भारत सीमा क्षेत्र नजिकबाट शुक्रबार राति ९ बजेतिर हतियार र भारतीय नम्बरको गाडीसहित यादव पक्राउ परेका थिए । राति गाडि चेक गर्न प्रहरी जाँदा रामदयाल र कमलेश गाडी छाडेर भागे भने रविन्द्र मात्रै गाडीमा फेला परे।  

भारतीय नम्बर बिआर ०६ पिए १३६३ नम्बरको गाडीभित्रबाट एक थान पेस्तोल, ३ राउण्ड गोली बरामद भएको हो।स्थानीयहरुले एउटा भारतीय नम्बरको गाडी शंकास्पद गतिविधि गर्दै छ भन्ने सूचना दिनसाथ सशस्त्र प्रहरी र नेपाल प्रहरी संयुक्त रुपमा गएको बताउँदै, डिएसपी दाहालले भने, ‘दुवै प्रहरी टोलीलाई देख्नासाथ २ जना भागेका थिए।एक जनालाई गाडीभित्रै बसेको अवस्थामा पक्राउ ग¥यौं फरार भएकाहरुको खोजी तीव्र गरिएपछि शनिबार बिहान सीमा क्षेत्र नजिकबाट उनीहरुलाई समेत पक्राउ गर्न सफल भयौं।’

पक्राउ परेकाहरु कुनै घटना घटाउन सर्लाहीबाट आएको हुनु सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘पक्राउ परेकामध्ये एक जना बेलाबारी र विभिन्न स्थानमा भएको लुटपाटलगायतका घटनामा संलग्न भएको देखिन्छ।उसको पहिचान हुन बाँकी नै छ । उनीहरु पेशेवर जस्तो देखिन् ।कुनै घटना हुनु अघि नै पक्राउ गर्न सफल भएको छ प्रहरी ।’

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८० ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App