१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विवादले नेकपा अझैं बलियो बन्छः पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले हाल सञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको बताए।

पेचिलो बन्दै भूकम्पको केन्द्रबिन्दु विवाद: एकअर्को गाउँबीच आउजाउ नै बन्द

भूकम्पको केन्द्रबिन्दुको विषयलाई लिएर गोरखाको बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका बिचको विवाद पेचिलो बन्दै गएको छ। विवाद बढ्दै जाँदा बारपाकवासीले लाप्राक जाने सडक अवरुद्ध गरेका छन्।

कांग्रेसमा टकराव

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणका कारण आम जनताको स्वास्थ्यमाथि गम्भीर संकट उत्पन्न भइरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक विवादमा फसेपछि अनेक जनगुनासा सुनिन थालेका छन्।

नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

पार्टी फुट कदापि उचित र सही हुन सक्दैन: नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद भइरहेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको लागि सक्रिय पहल गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुल्यो

केन्द्र विषयमा विवाद भएपछि असन्तुष्ट पक्षले लगाएको बैतडीको सुर्नया गाउँपालिकाको ताला २१ दिनपछि खुलेको छ।

‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए।

नेकपामा बल्झिँदै विवाद

सत्ता सम्हालेको साढे दुई वर्ष अवधि प्रायः झगडामै बिताएका शीर्ष नेताबीच एक महिनाको अन्तरालपछि फेरि विवाद सुरु भएको छ। यसपटक विवादको जरोमा मन्त्रिपरिषद् विस्तार र कर्णाली प्रदेशको अविश्वास प्रस्ताव प्रकरण रहेका छन्।

भारतले यसकारण चीनसँग लडाइँकै तयारी गर्न आवश्यक छ : अमेरिका

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीन सहमतिमा आउने सम्भावना नरहेकाले भारत लडाइँका लागि तयार रहनुपर्ने चेतावनी दिएका छन्।

चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको छ : अमेरिका

चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन्।

रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

प्रदेशको स्थायी राजधानी बुटवलबाट सारेर दाङ भालुवाङमा प्रस्ताव गरेपछि नेकपाका २ हजार बढी कार्यकताले पार्टी छाडेको घोषणा गरेका छन्। नेकपा महासिचव विष्णु पौडेलका गृह जिल्लाका २ हजार ३ सयले पार्टी सदस्यताबाट राजीनामा दिएका हुन्।

भारतले आक्रमण गर्ने खतरा बढेपछि चीन ‘अलर्ट’

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्समा प्रकाशित खबरअनुसार भारतीय सैनिकले सीमा क्षेत्रमा कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै चीनलाई पनि त्यसअनुरूप आफ्ना सेना ‘अलर्ट’ अवस्थामा राख्न चिनियाँ विज्ञले सुझाव दिएका हुन्।

मन्त्रालय भागबन्डामा खटपट

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्वएमाले समूहले लिएका केही मन्त्रालय पूर्वमाओवादी केन्द्र समूहलाई दिनुपर्ने विषयमा कुराकानी चलाएपछि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली त्यसमा सहमत हुन सकेका छैनन्।

सीमा विवादः भारतले चीनसामु राख्यो यस्तो सर्त

भारत चीन सीमा विवादका विषयमा सोमबार दुबै देशका सैनिक अधिकारीको बैठक बस्यो। भारतीय सञ्चार माध्यम आजतककाअनुसार अधिकारीबीचको बैठक लामो समयसम्म बसेकाे थियाे।

कतै स्वार्थको, कतै अधिकारको लडाइँ

सुरुमा महिलाको नेतृत्व स्वीकार गर्न गाह्रो भयो, अहिले अधिकार उपयोग गर्न खोज्दा प्रमुखले हस्तक्षेप गर्ने गरेका छन्। पितृसत्ताका कारण यो समस्या देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्