१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतले यसकारण चीनसँग लडाइँकै तयारी गर्न आवश्यक छ : अमेरिका

लद्दाख क्षेत्र

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले चीन सहमतिमा आउने सम्भावना नरहेकाले भारत लडाइँका लागि तयार रहनुपर्ने चेतावनी दिएका छन्।  

भारत–चीन सीमा विवादका सन्दर्भमा उनले वार्ता वा सहमतिबाट चीनको चित्त बुझाउन नसकिने भन्दै त्यसको सामना गर्न भारत तयार हुनुपर्ने सुझाव दिएका हुन्।

टाइम्स अफ इन्डियाका अनुसार उनले भनेका छन्, ‘के कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ भने जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न।’  

यो कुरा उसले भारत-चीन सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा गरेको आक्रामक व्यवहारबाटै प्रस्ट भएको ब्रायनको जिकिर छ। चीनले एलएसीमा शक्तिबाटै कब्जा जमाउन खोजेको उनको आरोप छ।  

यही अक्टोबर १२ तारिखमा लद्दाखमा भारत र चीनका सैन्य कमान्डरबीच वार्ता हुने तयारी भइरहेका बेला अमेरिकाको यस्तो आक्रामक प्रतिक्रिया आएको हो।  

यस्तै अक्टोरब २६ र २७ तारिखमा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री तथा रक्षामन्त्रीबीच टु प्लस टु बैठक हुँदै छ। त्यस्तो बेला अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकारबाट आएको यस्तो चेतावनीलाई अर्थपूर्ण रूपमा लिइएको छ।  

यसअघि अमेरिकाकै विदेशमन्त्री माइक पोम्पिओले पनि चीनले भारतीय सीमामा ६० हजार सेना तैनाथ गरेको बताएका थिए।  

यो पनि पढ्नुहोस्

चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको छ : अमेरिका

प्रकाशित: २५ आश्विन २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App