२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले भारतको सीमामा ६० हजार सेना तैनाथ गरेको छ : अमेरिका

अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओ

चीनले भारतको उत्तरी सीमामा ६० हजार सैनिक तैनाथ गरेको दाबी गर्दै अमेरिकाले त्यो क्वाड राष्ट्रका लागि खतरा भएको बताएका छन्।  

क्वाड समूहका रूपमा परिचित अमेरिका, जापान, भारत र अस्ट्रेलियका विदेशमन्त्रीबीच गत मंगलबार जापानको टोकियोमा भेटवार्ता भएको थियो।  

त्यसबेला पनि अमेरिकाका विदेशमन्त्री माइक पोम्पिओले चीनको ‘दादागिरी’विरुद्ध एक हुन आफ्ना समकक्षीलाई आग्रह गरेका थिए।  

त्यहाँबाट फर्किएपछि पनि शुक्रबार आयोजित साक्षात्कारमा पोम्पिओले भारतको उत्तरी सीमामा चीनले ६० हजार सैनिक तैनाथ गरेको बताएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ। 

द गाइ बेन्सन सोमा उनले भने, ‘आफ्नो उत्तरी सीमामा चीनले ६० हजार सेना तैनाथ गरेको भारतले देखेको छ।’

गत जुन १५ मा भारत र चीनको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसयता दुई देशबीच दुश्मनी बढेको छ। 

प्रकाशित: २४ आश्विन २०७७ ०९:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App