२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देहीमा नेकपाका २ हजार कार्यकर्ताले पार्टी छोडे

प्रदेशको स्थायी राजधानी बुटवलबाट सारेर दाङ भालुवाङमा प्रस्ताव गरेपछि नेकपाका २ हजार बढी कार्यकताले पार्टी छाडेको घोषणा गरेका छन्।  नेकपा महासिचव विष्णु पौडेलका गृह जिल्लाका २ हजार ३ सयले पार्टी सदस्यताबाट  राजीनामा दिएका हुन्। 

बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरि नेकपाले पूर्वाधार सम्पन्न बुटवलबाट राजधानी दाङ सारेर चुनावि एजेन्डा र जनभावनाको अवमूल्यन गरेकाले राजीनामा गरेको बताएका छन्।  

राजीनामा दिनेहरुमा पार्टीको केन्द्रीय बिभागका सदस्यहरु समेत छन्।  यस क्षेत्रमा रहेका ३५ वटा व्यवासायिक संघसंस्थामा  दुई हजार तीनसय नेकपा सदस्य छन्।  

ब्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र  सार्ने काम गरेको आरोप छ।   होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्व अध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पुर्याउन महत्त्वपूर्ण भुमिका निर्बाह गरेका व्यवसायी म मतदाताको अवमूल्यन गरेको बताए।  

रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले निर्वाचनको समयमा गरेको बाचा नेकपा नेताले पूरा नगरेकाले उक्त पार्टी त्यागेको बताए।  

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरुसगै बस्नुको कुनै औचित्य नभएको बताए।  उनले सम्सदमा पेस भएको राजधानी सम्बन्धी बिधेयक फिर्ता लिन आग्रह गरे।

प्रकाशित: २० आश्विन २०७७ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App