१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी फुट कदापि उचित र सही हुन सक्दैन: नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद भइरहेको बेला पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको लागि सक्रिय पहल गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको बताउँदै उनले यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन भनेका छन्।

फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुध्द हुने र त्यसको रक्षाको लागि पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिएर आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न नेकपा नेता तथा कार्यकर्तालाई उनले अपिल गरेका छन्।

यस्तो छ उनको फेसबुक स्टाटस:
हाम्रो पार्टी एकता महान क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर र धेरै ठुलो मेहनत पसिना लगाएर हाँसिल गरिएको हो। यसको बिफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन। फुट र फुटजन्य कृयाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्च्छुकहरुको चाहाना र जनादेश बिरुद्ध हुन्छ। तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔं र आ–आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौं। पार्टीको बैठक बसौं र सबै पक्षहरुका बारेमा खुला छलफल गरौं। पार्टी भित्र देखिएको छलफल ,वहस र मतभेद अन्ततः बिचार ,सिध्दान्त ,राजनीतिक  कार्यदिशा र क्रान्तिकारी  पार्टी निर्माण एवं सञ्चालन सम्बन्धी अबधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै  त्यसबारेमा औपचारिक छलफल नभएकाले स्पष्ट मतभेद देखापरिसकेको छैन। तसर्थ यतिबेला पार्टी एकताको रक्षाको निम्ति सबै बाट एउटै कुरामा इमान्दार प्रतिबध्दता भए पुग्छ, पार्टीको बिधि ,पध्दति एवं निर्णयको पालना र कार्यान्वयन। ब्यक्तिवाद,अहंकार ,आवेग र आक्रोशले समाधान दिदैन र कसैको हित गर्दैन। देश,जनता, श्रमजीवी बर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोचौं र सकारात्मक निष्कर्ष निकालौं। जान वा अन्जानमा देशी र बिदेशी प्रतिकृयावादी शक्ति हरुको चाहाना पुरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौ।

प्रकाशित: १७ कार्तिक २०७७ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App