२१ आश्विन २०८१ सोमबार
image/svg+xml

माल्दिभ्सद्वारा घरघरमा पुगी कोभिड–१९ को खोप सेवा उपलब्ध गराउने

माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सेवा घरघरमा पुगेर दिने घोषणा गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खोपको प्रभावकारिता ७८ प्रतिशतः ढुक्क भएर लगाउन आग्रह

सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ को प्रभावकारी ७८ प्रतिशत रहेको जनाएको छ।

‘कोभिडविरुद्धको खोपले बाँझोपना ल्याउँदैन’

कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।

दोस्रो समूहलाई खोप अभियान आजदेखि

सरकारले आज (आइतबार)देखि कोभिड १९ विरुद्ध दोस्रो चरणको खोप अभियान सुरु गरेको छ। फागुन २ देखि ८ गतेसम्म चल्ने सो अभियानमा करिब २ सय खोप केन्द्रबाट खोप दिइनेछ। खोप कार्यक्रम बिहान १० बजेदेखि साँझ ४ बजेभित्र दिइनेछ।

फागुन २ देखि कोभिडविरुद्धको खोप कर्मचारीलाई

सरकारले कोभिड १९ विरुद्धको खोप दोस्रो चरणको खोप फागुन २ देखि अर्को समूहलाई दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरोकारवालाको बुधबार बसेको बैठकले दोस्रो चरणमा सेवा प्रदायक निकायलाई प्राथमिकतामा राखेको हो ।

५५ वर्षमाथिका र दीर्घरोगीलाई फागुन तेस्रो सातादेखि खोप

नेपालमा ५५ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप तेस्रो चरणमा दिने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारतबाट खरिद गरी ल्याइने थप १० लाख र कोभ्याक्सले दिने २० प्रतिशत खोप तेस्रो चरणमा ५५ वर्षमाथिका नागरिकलाई दिने तयारी मन्त्रालयले गरिरहेको मन्त्रालयका विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए।

बाँकेको राप्तीसोनारी बन्यो ‘पूर्ण खोप सुनिश्चितता गाउँपालिका’

बाँकेको राप्तीसोनारीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पुरा गरेपछि घोषणा गरिएको हो ।

चीनले ५ लाख कोभिड खोप दिने

चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

पहिलो दिन उपत्यकामा आधाभन्दा कम पत्रकारले मात्र खोप लगाए

सोमबारदेखि सुरु भएको कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ सय २६ पत्रकारले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।

पहिलो चरणमा १११७ जनालाई खोप

उदयपुरका सबै स्थानीय तहमा पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियान सकिएको छ। माघ १४ देखि सुरु भई २४ गते सम्पन्न अभियानबाट जिल्लाका आठवटै स्थानीय तहका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहनचालक तथा शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी गरी १ हजार १ सय १७ जना लाभान्वित भएका छन्।

कोरोनाविरुद्धको पहिलो चरणको अभियानमा कपिलवस्तुमा २ हजार २१६ जनाले लगाए खोप

कपिलवस्तसमा कोरोनाविरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन्।

पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए

पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ।

अक्सफोर्ड खोप कोरोना प्रसारण रोक्न सफल

अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभई भाइरसको प्रसारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको छ। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार खोपको दुबै डोज लिइसकेका व्यक्तिमा पिसिआर परीक्षण गर्दा पोजेटिभिटी दर आधाले घटेको देखिएको छ।

उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोना खोप ढुवानी

तिब्बतसँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ। स्वास्थ्य कार्यालय गोरखाले बिहीबार चिकित्सक, स्वास्थ्यकर्मीसहित खोप पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए।

कोरोनाको बदलिँदो स्वरूप र खोप

कोभिड–१९ का कारण संसारभर २० लाख मानिस मरिसके । अहिले पनि दैनिकरूपले हजारौँ मानिस यो विषालु भाइरसका कारण मृत्युवरण गरिरहेका छन् भने अस्पतालहरूले बिरामीको बोझ धान्न नसकेको खबर छ । भाइरसलाई नियन्त्रणमा ल्याउन विभिन्न चरणका क्लिनिकल परीक्षणलाई पार गर्दै झण्डै १ दर्जन भ्याक्सिन मानिसका पाखुरामा रोपिन थाले ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्