८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

फागुन २ देखि कोभिडविरुद्धको खोप कर्मचारीलाई

सरकारले कोभिड १९ विरुद्धको खोप दोस्रो चरणको खोप फागुन २ देखि अर्को समूहलाई दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरोकारवालाको बुधबार बसेको बैठकले दोस्रो चरणमा सेवा प्रदायक निकायलाई प्राथमिकतामा राखेको हो ।  

मन्त्रालयका अनुसार यो दोस्रो चरणको दोस्रो समूहमा अग्रपंक्तिमा काम गर्ने सेवा प्रदायक सरकारी कार्यालयका कर्मचारी, बैंकका कर्मचारी, स्थानीय निकायका जनप्रतिनिधि, सार्वजनिक संस्थान, पत्रकार, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा शव चालक, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवकलाई खोप दिइनेछ । पहिलो चरणमा उपलब्ध खोप केन्द्रमा सबै स्वास्थ्यकर्मी आउन नसकेपछि छुटेकालाई दोस्रो चरणमा सहभागी गरेको मन्त्रालयले जनाएको छ ।  

सरकारले तेस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि सुरु गर्ने जनाएको छ ।

प्रकाशित: ३० माघ २०७७ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App