२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चीनले ५ लाख कोभिड खोप दिने

चीनले नेपालको लागि कोभिड १९ विरुद्धको खोप अनुदान स्वरूप दिने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्र मन्त्रालयलाई दिने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीसँग बीचमा आपसी हितको विषयमा भएको छलफलको क्रममा यस्तो खोप उपलब्ध गराउने जानकारी दिएको छ।

सो क्रममा मन्त्री ज्ञवालीले चीनलाई धन्यवाद दिएको मन्त्रालयले जनाएको छ। सोही क्रममा विदेशमन्त्री याङले चीनले कोरोना विरुद्धको खोपमा नेपाललाई प्राथमिकता दिने बताए। यसअघि चीनले नेपाललाई ३ लाख खोप दिने घोषणा गरेको थियो।  

औषधि व्यवस्था विभागले खोपलाई अनुमति दिने प्रक्रिया पूरा भएलगत्तै खोप आइपुग्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार नागरिकसँत बताए। खोप नेपालको खोप भण्डारणको तापक्रमसँगै मिल्दोजुल्दो भएकोले चीनले दिने खोप नेपालको लागि अनुकूल भएको मन्त्री ज्ञवालीको भनाइ छ।  

‘चीनले दिने खोप नेपालमा भण्डारण गर्न सकिने तापक्रम मिल्दो छ, औषधि व्यवस्था विभागको प्रक्रिया पूरा भएपछि आइपुग्छ,’ उनले भने। औषधि व्यवस्था विभागका प्रवक्ता तथा औषधि व्यवस्थापक सन्तोष केसीले दुई चरणको कागजपत्र आइपुगेको र तेस्रो चरणको आइपुग्नेबित्तिकै खोपले अनुमति पाउने बताए। ‘तेस्रो चरणको कागज आइपुग्नेबित्तिकै खोप अनुमति दिन्छौं,’ उनले भने। चिनियाँ पिएनसी हब्सिटेज कम्पनीले दर्ताको लागि कागजात अघि सारेको हो।  

चीनले सिनाफोर्म कम्नीले उत्पादन गरेको कोभिड १९ विरुद्धको खोप नेपाललाई दिन लागेको हो। यो खोप केही चीन, अरबियन मुलुकसहित विभिन्न १० वटा देशमा प्रयोग भइसकेको छ।

प्रकाशित: २७ माघ २०७७ ०१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App