३१ वैशाख २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी भएको छ। नेकपा एमालेले आफ्ना सांसदहरुलाई आज एक पत्र लेखी ह्वीप जारी गरेको हो।

सामूहिक राजीनामा दिएर अपराध नगर्न प्रधानमन्त्री ओलीको आग्रह (विज्ञप्तिसहित)

आइतबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) अध्यक्षको नाताले प्रेस विज्ञप्ति जारी गर्दै माधव समूहलाई सामूहिक राजीनामा दिए त्यसले पार्टीको मात्र नभएर देशकै लागि समेत राम्रो नहुने भन्दै सामूहिक राजीनामा नगर्न आग्रह गरेका हुन्।

संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने, भोलि नै सबै प्रक्रिया सकाउने

प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन सोमबार संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले मतदान गर्न पाउने व्यवस्था प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको संसद सचिवालयले जनाएको छ।

ओली सरकारको विपक्षमा मतदान गर्न कांग्रेसको आग्रह

सरकारले संविधानको आधार भत्काउन बदनियतपूर्वक र षड्यन्त्रमूलक ढंगले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले साथ दिएको कांग्रेसको आरोप र ठहर छ।

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।

उपेन्द्रसँग नजिकिए महतोः जसपामा ओलीविरोधी लाइन बहुमतमा

जनता समाजवादी पार्टीभित्र केपी ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने पक्षमा बहुमत देखिएको छ । जसपा स्रोतका अनुसार ओलीलाई विश्वासको मत दिन हुँदैन भन्ने लाइनको अगुवाइ गरेका उपेन्द्र यादव बहुमतमा पुगेका छन् । पछिल्लो समय महन्थ ठाकुरलाई सक्रिय साथ दिँदै आएका राजेन्द्र महतोले पनि यादवसँग छलफल सुरु गरेका छन् ।

ओली अडानले फुकेन गाँठो

ओलीले फागुन २८ को निर्णय सच्याउन असहमति जनाएपछि शुक्रबार हुने भनिएको ओली–नेपाल निर्णायक वार्तासमेत हुन सकेन ।

ओली हटाउने विकल्प: संसदमा संख्या पुर्‍याउने वा निर्वाचनबाट विस्थापन गर्ने

विश्वासको मत लिएर निर्वाचनमा जानका लागि सवैधानिक प्रक्रिया मात्र पूरा गरेर मंसिर दोस्रो साता प्रतिनिधिसभाको निर्वाचन गराउने प्रधानमन्त्रीको तयारी । स्वतन्त्र, निष्पक्ष र समयमै चुनाव हुने भए कांग्रेस पनि सकारात्मक।

ओलीविरुद्ध बहुमत जुटाउन यादव सक्रिय

‘हामीले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेका छौं’, राजपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी छ।’

कांग्रेसको सहयोग खोज्दै ओली

कांग्रेस नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिएका थिए। ओलीले कांग्रेस सुझावलाई महत्व दिएनन्, बरु लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग मागे।

ओली–नेपाल आफ्नैबाट अप्ठेरोमा

ओली पक्षधरलाई नेपाल पक्षले विपक्षी दलहरूसँग हातेमालो गर्दा एमाले धराशयी हुने चिन्ताले सताएको छ भने नेपाल पक्षधर सके ओलीलाई निर्णय सच्याउन बाध्य बनाउने नभए आफूहरू दोषी नभएको प्रमाण लिएर कार्यकर्तामाझ जाने तयारीमा छन्।

ओलीलाई दोहोरो दबाब

ओली पक्षका नेताहरूले पार्टी नमिल्ने हो भने आगामी निर्वाचन फलामको च्युरा हुने र कांग्रेसले सहजै निर्वाचन जित्ने रिपोर्टिङ गर्दै आएका छन्। उनीहरूले खनाल–नेपाल पक्षले उठाउने उम्मेदवारका कारण चुनाव हार्न भरपुर सहयोग पुग्ने भन्दै ओलीलाई पार्टी मिलाउन दबाब दिएका हुन्।

के सत्ता अक्सिजन हो ?

हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।

निषेधाज्ञा थप कडा पारिनेछ नआत्तिई यस अभियानमा साथ दिनुहोस्: प्रधानमन्त्री

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निषेधाज्ञा थप कडा पार्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै स्थलमार्गबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको जानकारी दिए।

माओवादीको नाडी छाम्दै ओली

सार्वजनिक रूपमा राजीनामा माग्ने तर संसद्मा अविश्वासको प्रस्ताव पनि नलैजाने गरेकाले माओवादीसँग क्रुद्ध ओलीले त्यस दलका नेताहरूलाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्