१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धन परिवर्तन गर्ने मुख्य पात्र प्रचण्ड र साथ दिने म हो: ओली

नेकपा (एमाले) का एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य शक्तिको हात नरहेको बताएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नयाँ सत्ता समिकरण निर्माण गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले गरेको बताएका हुन्।

नयाँ सत्ता समिकरण निर्माणको काम मुख्य पात्र प्रधानमन्त्री प्रचण्ड भएको र साथ दिने आफू पनि रहेको अध्यक्ष ओलीको दाबी थियो। उनले नयाँ सत्ता समिकरण निर्माणको जस छिमेकी मित्रहरुलाई दिने काम नगर्न पनि काँग्रेसलाई आग्रह गरे।

अध्यक्ष ओलीले भने, ‘राम्रो काम जति सबै आफूले गरेको भन्छ नेपाली काँग्रेस। राम्रो जति सबै आफैले गरेको। अरुलाई एक छेउ जस दिन्छ? यस पल्ट पनि नेपाली काँग्रेस मात्रै होइन, अरुअरु यसो छरछिमेकका मित्रहरु पनि यतिको काम त हामीले गरेको भनेर जस दिए हुन्छ नि। सरकार परिवर्तन, यताउता। यी साना कामहरु। हाम्रो देश भित्रका कामहरु त हामीले गरेको भने हुन्छ। को आयो, कुन देश आयो, कसले गर्‍यो? कहाँ अर्कालाई जस दिएको? हामीले गरेको। प्रचण्डजी मुख्य हो यो परिवर्तन गर्ने। साथ दिने म पनि हो। दुई भाईलाई जस पनि हुन्छ नि अलिकति।’

प्रकाशित: ३० फाल्गुन २०८० १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App