१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले भुईँमै खुट्टा टेक्न छोडेपछि गठबन्धन भत्काए: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण नेपाली आफैले बनाएको बताएका छन्।

नेकपा एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै अरु कसैले नभएर नेपालीले आफ्नै चाहाना र सामर्थ्यले आफै बनाएको बताएका हुन्।

यो समीकरण हामीले वा नेपालीले  बनाएको हो, चाइना अर्थात अरु कसैको चाहानामा सत्ता समीकरण बन्यो भनेर नेपालीको अपमान गर्न पाईदैनु उनले भने। नयाँ समीकरण लामो समयको गृह कार्यबाट बनेको उल्लेख गर्दै नेपाली कांग्रेसले भेउ पनि पाउन नसकेको बताए।

नेपाली कांग्रेसले धेरै घमण्ड गरेकोले सत्ता समीकरण भत्काइएको उनले बताए। नेपाली कांग्रेसले पहिलेको गठबन्धन फलाम वा स्पातले बनेको जस्तो बलियो भएको र ५, १० बर्ष सम्म टिक्ने भनेर भुईँमै खुट्टा टेक्न छोडेपछि गठबन्धन भत्काएको उनको भनाई थियो।

सूर्य उदाउँदा र अस्ताउँदा रातो भए झैँ एमाले सरकार मा जाँदा र हट्दा मुस्कुराउने गरेको उनको भनाई छ।

प्रकाशित: १ चैत्र २०८० १९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App