१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री रबिलाई फसाउन र बदनाम गराउन खोजिँदैछः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगीको विषयमा मुछिएका भनिएका गृहमन्त्री रवि लामिछानेलाई फसाउन र बदनाम गर्न खोजेको बताएका छन्। 

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले उजुरी दिएकै आधारमा गृहमन्त्री रवि लामिछाने मन्त्रिबाट हट्नुपर्ने नेपाली का‌ग्रेसको माग जायज नभएको बताए। ‘उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने नेपालमा सवै मन्त्री खाली हुन्छन्, सांसद खाली हुन्छ, सब खाली हुन्छ’उनले भने।

‘उनी (रबि) कुनै सहकारीमा छन्, सहकारी संचालक हुन, सदस्य हुन, पैसा उठाउने, सहकारी डुबाउने केही गरेको छ, केही पनि छैन भने छानबिनमा कसरी दुष्प्रभाव पर्छ’ उनले भने, नेपाली का‌ग्रेस तीर रवि लामिछाने र उनको पार्टी लागेन, त्यसैले रबि लामिछानेलाई बदनाम गर्न खोज्ने फसाउन खोज्ने काम गरिएको छ’।

उजुरीकै आधारमा मन्त्री हटाउने हो भने सवै मन्त्री खाली हुने उल्लेख गर्दै गृह मन्त्री रबि लामिछानेको विषयमा नेपाली काग्रेसले विरोध गर्नुको औचित्य नभएको बताए। बाेल्दा खेरी चिप्लिएका कारण शेरबहादुर तामाङ, गोकुल बाँस्कोटालाई राजीनामा दिन लगाएको उल्लेख गर्दै नेपाली काँग्रेसका मन्त्री झन्डा हल्लाउँदै अख्तियारमा उजुरी दिन गएको उनले बताए।

सत्ता पक्षमा हुँदा एउटा कुरा, प्रतिपक्षमा हुँदा अर्को कुरा गर्ने गरेको उल्लेख गर्दै नेपाली का‍ग्रेसलाई नैतिकताको कुनै अर्थ नभएको उनले बताए। सरकार बाट हट्नु परेको छटपटीको पिडामा छाती पिट्दै रुँदै नेपाली का‍ग्रेसले भनेको कुराको केही अर्थ नहुने उनको भनाई थियो। सुन तस्करी काण्डमा छानबिनका लागी आयोग बनाईयोस भनेर नेकपा एमालेले त्यति वेला भनेको कुरा सही भएको प्रमाणित भएको उनले बताए।

आयोग बनाइयोस भन्दा त्यतीबेला नेपाली कांग्रेसले धेरै अडंगा हालेर आयोग बनाउन झण्डै २ महिना लम्ब्याइएको उनले बताए।

सत्तागठबन्धनमा प्रधानमन्त्रीको विषयमा के सहमति भएको थियो भन्ने प्रश्नमा उनले आफूलाई प्रधानमन्त्री खान मन नभएको र अरु पनि कोही अघि नसरकेकोले दाहालले नै पुरै कार्यकाल प्रधानमन्त्री खाने बताए।

प्रकाशित: ६ चैत्र २०८० ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App