१० मंसिर २०८१ सोमबार
image/svg+xml

जहाँ देखें फूलको रस

भूमरा भूमरा म त काले भूमरा, जहाँ देखें फूलको रस त्यहीँ मेरो डेरा ।भूमराको जालमा म त कहिल्यै फस्ने छैन, रस चुस्ने तिम्रो चाल पूरा हुन दिने छैन ।नबसे फूलमा भूमरा फुल्नुको अर्थ छैन, सुकी जाने रसलाई त नचाखी भा’छैन ।चरी बनी उड्ने मेरा कतिकति सपना छन्,होस गर है मेरा माइती यतै दायाँबायाँ छन् ।

गणेशको टाउको

आफ्ना पतिका कुरा सुनेर पार्वती विलाप गर्न थालिन । आफ्नो बालक छोरालाई बाबुले नै काटकोमा रुँदै महादेवलाई त्यो त हाम्रै छोरा हो । महादेव नभएको बेला मेरो रक्षाका लागि मैले नै उसलाई बाहिर राखेकी थिएँ । यो के गरेको । जसरी भए पनि हाम्रो छोरालाई बचाउनुस् । ऊबिना बाँच्न सक्दिन भनेर विन्ती गरिन् । पार्वतीले यसोभन्दा महादेव तीन छक्क परे । आफूले ठूलो गल्ती गरेकोमा उनी खूब पछुताए ।

युनिकन हाम्रो साथी

युनियन र हामी सबै खुसी भएर खान खायौं। भोलि असुनगर जाने युनिकनले थाहा पाएर म पुराउँछु भन्यो। भोलि छिटो खान खाएर युनिकनले हामीलाई सरर उडाएर एकैछिनमा असुनगर पुरायो। युनिकनमा चढेर आउँदा त माक्स पनि लाउनु परेन सेनिटाइज बोक्न पनि परेन। अहा क्या मज्जाले असुनगर आइयो भनेर प्रिया, रूवी र म रमाउदै नाचौं । अनि हामीहरूसँगै युनिकन भएर नाच्यो। त्यसपछि युनिकन हाम्रो साथी भयो।

नेपाल

हिमाली बाजा, पहाडी गीत, तराई नाचमा,नेपाली देख्छौँ नेपाल भेट्छौँ, नेपाली माटोमा । पूर्वको मेची, पश्चिम काली, नेपाली सिमाना, चन्द्र र सूर्य, भएको झन्डा, नेपाली निसाना ।

रातो कलम

त्यो बेला सिसाकलमको चलन याद भएन । सिलोटमा खरीले अक्षर लेखेर कहिलेकाहीँ बुबाले पढाएको याद छ । त्यो बेला हामी प्राय निलो कलमले लेख्थ्यौं । कसैकसैले रातो कलम ल्याउँदा त्यसको शान नै अर्को हुन्थ्यो । मेरो पनि रातो कलम आउने भयो भनेर म मक्ख थिएँ । बुबाले कलम ल्याइदिनुभयो । बाहिरको कलमको आवरण रातो थियो । तर लेखेर हेर्दा निलो सरयो । मेरो अनुहार कलमको सराईजस्तै निलो भयो । खूबै रिस उठ्यो । रातो कलम भनेको त निलो पो ल्याइदिनुभएछ भनेर रोएँ ।

सन्ध्याको अनौठो यात्रा

उनका साथीहरूले उनलाई राम्रो व्यवहार गरिरहेका थिए । नयाँनयाँ मीठामीठा खानेकुरा र नयाँ रमणीय ठाउँले उनलाई आनन्दित बनाएको थियो । सन्ध्या हामी बसेको ठाउँ पृथ्वी लोकभन्दा अर्कै ठाउँमा गएकी थिइन् । उनका साथीहरूले उनलाई पृथ्वीका मानिसले आफैंले आफ्नै कारणले नयाँनयाँ रोग निम्ताएको बताएका थिए । उनीहरूले त्यही कारणले अहिले पृथ्वीका मानिसले दुःख पाइरहेको भने ।

बालबालिकाको शिक्षा

अहिले किताब किनेर ल्याएर दियो बालक विद्यालय जान्छ आउँछ कति के पढेर आयो पढेन केही वास्ता छैन । कस्ता साथीभाइहरूसँग खेलिरहेको छ । त्यो पनि थाहा छैन । बाबाआमा दुवै जागिरे आफ्नै चटारो भियाईनभियाई छ । बालबच्चालाई हेर्ने समय नै छैन । गृहकार्य गरेर बुझायो कि बुझाएन त्यो पनि थाहा छैन । कतिलाई त विद्यालय गयो गएन त्यो पनि थाहा हुँदैन ।

फूल

नानीहरू, भविष्यमा मजस्तै फूल बन जन्मिएपछि आखिरमा सबै मर्नुपर्छ मजस्तै फुलेर संसारबाट झर्नुपर्छ सबैको आँखामा फूलजस्तो बन्नलाई बाँचुञ्जेल धर्तीमा राम्रो काम गर्नुपर्छ ।

शरद ऋतु

कति राम्रो शरद ऋतु लाग्छन् घाम न्याना पुतलीले पनि फेर्छिन् रङ्गीविरङ्गी नाना सुकिला छन् गाउँपाखा सफा घरका छाना फुलबारीमा फूल फुल्छन् चरी गाउँछन् गाना ।

लागू गरौँ बालअधिकार

आज साना भोलि ठूला देशका कर्णधार, सबले बुझी लागू गरौँ बालअधिकार । अघि बढ्छौँ सधैँ हामी, सबको पाए साथ बालअधिकार लागू गर्न, मिलाउँ हातमा हात । लागू गरौँ बालअधिकार, अनि खुशी बनौँ उन्नति र प्रगतिका, बाटाहरू खनौँ । खोस्न हुन्न बालअधिकार, सुनिश्चित गरौँ लागू गर्न यसलाई हामी सबै अघि सरौँ ।

बालबालिका र बालसाहित्य

बालबालिकाहरुलाई बाल्यकालदेखि नै साहित्यप्रति अभिरुचि जगाउन आवश्यक छ । घर, परिवार, समाज, सरकार, शिक्षक, अभिभावकहरूको सहयोगले नै साहित्यकारहरूको आत्मबल बढाउँछ । पढ्नु पर्नेले नै पढ्दैनन् भने लेखेर मात्र के काम भन्ने प्रश्न पनि उठ्छ । बालसाहित्यकारले पनि बालबालिकालाई कौतुहल जगाउने, कल्पनाशील बनाउने खालका सरल भाषामा साहित्य सिर्जना गर्नु आवश्यक छ ।

नयाँ साथी

एकदिन स्कुलबाट फर्कँदा पेटीको कुनामा एउटा कालो रङको सानो छाउरो जाडो र भोकले कराइरहेको उनले देखिन् । उनलाई त्यसको माया लाग्यो । साथीहरूले ‘हिँड्, त्यस्लाई त्यसै छोडी देऊ’ भन्दा पनि उनले त्यसो गर्न सकिनन् ।

अचम्मलाग्दो पैसाको कथा

तर, मेरो खुसी धेरै बेरसम्म रहेन । मेरो हातमा पैसा देखेर बुवाले खोस्नुभएको थियो अनि बुवाले मलाई गाली गर्नुभएको थियो – अहिलेदेखि पैसाको लतमा लागिस् भने पछि गरिखालास् तोर्मे ! मलाई मात्र होइन आमालाई पनि बुवाले रिसाएर गाली गर्नुभएको थियो – यो चिचिलालाई पैसा दिएर बिगार्ने भइस् ।

कथाका पात्र

बाआमातिर हेरेर मुसुुक्क हाँस्दै उसले भन्यो, “अहिले त म आधुनिक तरीकाले जुत्ता बनाउन जान्ने भएर आएको छु । आवश्यक सामान पनि ल्याएको छु । अब यही गाउँमा बसेर उद्योग खोल्ने र व्यापार गर्ने विचार गरेको छु । आजसम्म बालाई सबैले काले सार्की भनेर हेपे । अब उद्योगको मालिक बनाउँछु ।”

हजुरबालाई जेल

मेरा आँखा अगाडि बाबुआमाले, आफन्तले र परिवेशले बालबालिका कुटिरहेका दृश्यहरू आइरहेका छन् । ठूला मान्छेसँग मुख लाग्ने भन्दै गाली गर्ने, हप्काउने र कुट्ने पनि साधारण सभ्यताभित्रै पर्छ नेपालमा । ठूला मान्छेले गरेको अन्याय सहन बाध्य पारिएका परिवेशहरू आँखामा आइरहेका छन् । यसले बालबालिकामा अन्याय पनि सहने बानीको विकास भइरहेको हुन्छ । बालबालिकाको सिर्जनात्मक पक्ष कमजोर हुँदै जान्छ । यसरी बालबालिकाको सिर्जनात्मक क्षमतालाई कुल्चिने कुटाइ, हप्काइ र कथित सभ्यताका खुट्किलाहरू कतिकति छन् नेपालमा!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्