coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

शरद ऋतु

कविता

   चन्द्रमा पौड्याल

 

कति राम्रो शरद ऋतु लाग्छन् घाम न्याना

पुतलीले पनि फेर्छिन् रङ्गीविरङ्गी नाना

सुकिला छन् गाउँपाखा सफा घरका छाना

फुलबारीमा फूल फुल्छन्  चरी गाउँछन् गाना

 

दशैँ तिहार चाडपर्व यही ऋतुमा पर्छन्

मखमली सयपत्री मीठो सुवास छर्छन्

आकाशमा सेता बादल लुकामारी गर्छन्

रातभरमा चन्द्रमाले शीतका थोपा झार्छन्

 

खेतखेतमा धानका बाला हुन्छ झुलेको

घरबारीमा कोदो अनि तोरी फुलेको

गाउँघरमा ठाउँठाउँमा पीङ हालेको

सारा गाउँ चाडबाडमा हुन्छ भुलेको

 

न जाडो छ न गर्मी छ पानी हल्का पर्छ

कति मिठो मधुर हावा आकाश पूरै खुल्छ

सारै राम्रो मौसम यो सबको मन भुल्छ

मेरो मनले शरदलाई नै राम्रो ऋतु मान्छ ।

प्रकाशित: २७ आश्विन २०७७ १०:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App