इन्द्रकुमार श्रेष्ठ सरित्
भूमरा भूमरा काले लोभी भूमरा,
भुनभुन गदैॅ मेरो वरिपरि नहाल न घेरा ।
भूमरा भूमरा म त काले भूमरा,
जहाँ देखें फूलको रस त्यहीँ मेरो डेरा ।
भूमराको जालमा म त कहिल्यै फस्ने छैन,
रस चुस्ने तिम्रो चाल पूरा हुन दिने छैन ।
नबसे फूलमा भूमरा फुल्नुको अर्थ छैन,
सुकी जाने रसलाई त नचाखी भा’छैन ।
चरी बनी उड्ने मेरा कतिकति सपना छन्,
होस गर है मेरा माइती यतै दायाँबायाँ छन् ।
मेरो साथ पाए ती सपना सबै विपना हुनेछन्,
मैजस्तो ज्वाइँ पाए तिनले सलाम ठोक्नेछन् ।
भूमरा भूमरा तिमी साँच्चै मायालु भूमरा ,
भूमरा भूमरा म त तिम्रै मायालु भूमरा ।
प्रकाशित: १३ मंसिर २०७७ १०:५५ शनिबार