शेखरकुमार श्रेष्ठ
हिमाली बाजा, पहाडी गीत, तराई नाचमा,
नेपाली देख्छौँ नेपाल भेट्छौँ, नेपाली माटोमा ।
पूर्वको मेची, पश्चिम काली, नेपाली सिमाना,
चन्द्र र सूर्य, भएको झन्डा, नेपाली निसाना ।
गौरव गर्छौं नेपाली जाति बनेर जगतमा
हिमाली बाजा, पहाडी गीत, तराई नाचमा ।
ढाकाको टोपी, गुन्यू र चोलो, लगाई आउँला
अनेक जाति, संस्कृति धेरै, नेपाल पढौँला
ज्ञान छ यहीँ, शान्तिका लागि, विज्ञान साथमा
हिमाली बाजा, पहाडी गीत, तराई नाचमा ।
प्रकाशित: ४ कार्तिक २०७७ ०९:५० मंगलबार