२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फूल

कविता

कृतिमा ढकाल

 

फूल हुँ म प्रकृतिको एक मात्र रानी  

समान बास्ना छर्छु निश्छ्लता बानी

भुँभु गर्दै रमाउदै डालीडाली चाहार्छ्न्

भँवराले रस चुस्छ्न् मीठोमीठो मानी

सबै ठाउँ सुन्दर देखाउने मेरो ठूलो मन

रंगीचंगी थुँगा र बास्ना नै हो मेरो धन

घाम, पानी हुरी र बताससँग जुधेर सदा

नानीहरू, भविष्यमा मजस्तै फूल बन

जन्मिएपछि आखिरमा सबै मर्नुपर्छ

मजस्तै फुलेर संसारबाट झर्नुपर्छ

सबैको आँखामा फूलजस्तो बन्नलाई

बाँचुञ्जेल धर्तीमा राम्रो काम गर्नुपर्छ ।

   कक्षा –६, 

बावेन रोड प्राइमरी स्कुल, तास्मानिया, अस्ट्रेलिया ।

प्रकाशित: २९ आश्विन २०७७ ०८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App