११ मंसिर २०८१ मंगलबार
image/svg+xml

मेरो १० वर्षको अनुभवमा बालमैत्री स्थानीय शासन र बाल क्लब

बालमैत्री नगररगाउँ बनाउनु भनेको सबै बालबालिकाको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो । सुरक्षित, जन्म, खोप तथा स्याहार पाउने उनीहरूको अधिकार सुनिश्चित गर्नु नै बाँच्न पाउने अधिकार सुनिश्चित हुनु हो । हाम्रा बालबालिकाहरू हेला, अपमान, दुव्र्यवहार , श्रमशोषण, बालविवाह, बेचविखन, लागु औषध, बालसैन्य आदि क्षेत्रबाट मुक्त बनाउने अभियान बालमैत्री अभियान हो ।

नारी उत्थान

नारी प्रधानमन्त्री,राष्ट्रपति, वैज्ञानिक,सगरमाथा बिजेता सब भएका छन्। उनीहरुसंग अथाह क्षमता हुन्छ। नारी श्रृष्टि संचालक पनि हो। हामीले नारीलाई उचित वातावरण दिनु पर्छ र उनीहरुको शक्ति उजागर गर्न सहयोग गर्नु पर्छ।मैले हाम्रो संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नारीको हक,हित र उत्थानको लागि अनवरत काम गरेको छु र गरिरहने छु।

बालमस्तिष्कको आवाज

अपूरै छन् संविधानमा बालअधिकारका ठेली, सहारा पाउने आशमा बेचिन्छन् यहाँ कैयौं चेली फोहोर बटुल्न नपरोस् है आँसु चुहाउँदै कति हिँड्छौं शाषक बनी निमुखाको मन रुवाउँदै। मैदानमा आएपछि जितहार, स्वीकार्छौँ जन्मसिद्ध अधिकार नपाउँदा धिक्कार्छौँ सबैको भलो होस् भन्ने मेरो चाहना ढिल छाडेर नबसौँ है मेरो शुभकामना ।

बेलघारीको बेल

घन्टी लाग्थ्यो अनि खेल्थ्यौँ खेलछुट्टीमा खेल खेलेपछि टिप्न गइन्थ्यो बेलघारीको बेल फुटालेर चोप निस्कन्थ्यो बाक्लोबाक्लो तेल किताब टाँस्न मिल्थ्यो त्यही बेलघारीको बेल साथीभाइ खेल्ने गर्थ्यौँ हुँदैनथ्यो झेल हामीले खेल्ने भकुण्डो थ्यो बेलघारीको बेल ।

जात भनेको के हो ?

मनिषको बाबाले भन्नुभयो, ‘यो पहिलाको कुरा हो । हामी सबै एकै हौ । हुन्छ । साथीलाई भित्र लिएर जाऊ ।’ मनिष खुशी हुँदै आशिषलाई लिएर भित्र गयो । अहिले पनि गाउँघरमा जातपातका कुरा भए पनि उनीहरूलाई त्यसको कुनै मतलव थिएन । आशिषका बुबा र अंकलहरू पनि खुशी भए । मनिषको व्यवहारले एउटा क्रान्ति नै ल्यायो भनेर सबैले प्रशंसा गरे ।

सन्तानप्रतिको भूमिका

समयमा चिनेर सही कुरामा प्रोत्साहन गरेर क्षमता बनाउनुपर्छ नत्र ढिलो हुन्छ । सबैभन्दा मुख्य कुरा बुवाआमा कसरी छन् । आफू टिभी हेरिदिने छोराछोरीलाई पढपढ मात्र भनिदिने । आफू सधैं मादक पदार्थ सेवन गर्ने अनि बाहिर जुवातासमा अलारिने छोराछोरीलाई पढिनस् भनेर दपेटने। घरमा आमाबुबा आआफनो वर्चस्वमा झगडा गरिरहने अनि छोराछोरीलाई पढिनस् भनेर पिट्ने यो पनि बर्बादीको बाटो हो । त्यसो कहिल्यै गर्नु हुँदैन ।

मेरो देश

हिमाल छ चाँदीजस्तै टल्किँदै यो हाँस्छ पहाड यो शिर मेरो मयूर यहीँ नाच्छ तराईमा भण्डार छ अन्न यहीँ फल्छ स्वर्गजस्तो प्यारो देश छाडेर को जान्छ ?

अतिवाद

कोही पनि सितिमिति जान चाहदैनन् । सबैका सबै सकेसम्म यतै बस्न खोज्छन् । यसका लागि देवीदेवता भाक्नेदेखि धामीझाँक्री डाक्नेसम्म र डाक्टर वैद्य खोज्नेदेखि राहु, केतु पुज्ने आदि यावत् कार्य गर्न पुगिरहेका हुन्छन् । कोही पनि आफू खुशी जाँदैनन्, जान चाहदैनन् वा जान सक्दैनन् ।

मेरो उद्देश्य

सिक्नु , बुझ्नु धेरै छ पालो अब मेरै छ सुमार्गको मतिमा वायुपङ्खी गतिमा फुल्न अनि फलेर बस्नु छैन गलेर श्रम रोप्ने असारगन्तव्यमा हतार ।

म यिनलाई माया गर्छु

पोथीले फुल पार्न छोडेको झन्डै तीन साता भएको थियो । घरमा अर्को अचम्मको दृश्य देखियो । बेलुकीतिर रिनाका बुबाले एउटा टोकरी लिएर आउनुभयो । टोकरीमा कुखुराका सानासाना चल्ला थिए । चल्ला देखेपछि घरका सबै जना खुसी भए । रिना र दिपेश त बुरुक्कबुरुक्क उफ्रे ।

स्कुल जाने रहर

कोरोनाको कहरले विश्व त्रसित भयो, स्कुल जाने रहर मेरो त्यसै खेर गयो । छ कक्षामा पुगेकी थेँ स्कुल जान पाइनँ, पढ्नु पर्‍यो घरै बसी कक्षा अनलाइन । स्कुल, कक्षा, खेलमैदान रमाइलो थियो, यो वर्ष कोरोनाले घरमै बसाइदियो । एउटा बाटो बन्द भए अर्को खोज्नै पर्‍यो कक्षा लिन अनलाइनको बाटो रोज्नै पर्‍यो ।

कुरा बुझें

ति मात्र होइन बाबु, पानी बग्दैबग्दै जान्छ । पानीमा पिसाप फेरयो भने पिसाप पनि बग्दै जान्छ । मानिसले पानी खाँदा पिसाप खान्छन् । सबैले नुहाउन र लुगाभाँडा धुन पनि पानीकै प्रयोग गर्छन् । त्यसैले पानी फोहर हुँदा रोगले हामीलाई सिधै बिरामी बनाउँछ । यसैका कारण पनि पानीमा जथाभावी फोहर गर्नु हुँदैन ।’, रविनकी आमाले कुरा थप्दै भन्नुभयो ।

बाहिर ननिस्क न !

हेर त ऊ तिम्रो बाटो हेरिरहेछ तिम्रा आँखाहरू भ्रमित गरेर ऊ त आफैतिर पो तानिरहेछ तिम्रो मन अनि तन पनि अनेकौं बहाना गरेर तिमीलाई मृत्युको मुखमा पुरयाउन खोज्दै छ तिमी भने बहाना खोजिरहेछौ बाहिर निस्कने अनि चाहना गर्दैछौ लम्पसार सडकको शून्यता भङ्ग गर्दै उही कोरोनासँग मितेरी गाँस्ने।

बलरामको योजना

मुखियाको अवधि दुई वर्षको हुन्छ । दुईवर्ष सम्ममा उस्को कामको लेखाजोखा हुन्छ । नराम्रो काम गर्नेलाई ऊ त्यो मरुभूमिमा छाडिन्छ । त्यहाँ जति बाँच्छ त्यो गाउँलेले मतलव राख्दैन । त्यहाँबाट जहाँसुकै जाओस्, जेसुकै गरोस्, उसको कुरो हो । यो गाउँमा चै फर्केर आउन पाउँदैन । अन्तै जान सके जान्छ, नत्र त्यही उसको अन्त हुन्छ ।

बलरामको योजना

मुखियाको अवधि दुई वर्षको हुन्छ । दुईवर्ष सम्ममा उस्को कामको लेखाजोखा हुन्छ । नराम्रो काम गर्नेलाई ऊ त्यो मरुभूमिमा छाडिन्छ । त्यहाँ जति बाँच्छ त्यो गाउँलेले मतलव राख्दैन । त्यहाँबाट जहाँसुकै जाओस्, जेसुकै गरोस्, उसको कुरो हो । यो गाउँमा चै फर्केर आउन पाउँदैन । अन्तै जान सके जान्छ, नत्र त्यही उसको अन्त हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्