९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
कला

बाहिर ननिस्क न !

कविता

 गंगा दाहाल न्यौपाने 

हे, बन्धुहरू

बाहिर ननिस्क न  सडकमा भाइरस तिम्रै प्रतिक्षामा छ

आफ्ना विषालु नङ्ग्राहरूले

तिम्रो शरीर,क्षेत्र विच्छेद गर्न खोज्दैछ।

हेर त ऊ तिम्रो बाटो हेरिरहेछ

तिम्रा आँखाहरू भ्रमित गरेर

ऊ  त आफैतिर पो तानिरहेछ

तिम्रो मन अनि तन पनि 

अनेकौं बहाना गरेर तिमीलाई 

मृत्युको मुखमा पुरयाउन खोज्दै छ

तिमी भने बहाना खोजिरहेछौ 

बाहिर निस्कने अनि चाहना गर्दैछौ

लम्पसार सडकको शून्यता भङ्ग गर्दै 

उही कोरोनासँग मितेरी गाँस्ने।

के जिन्दगीको गरिमा 

बुझेका छैनौं र तिमीले

आफूजस्तै जीवन चाहने अरू

देखेका छैनौं र तिमीले 

तिम्रो सानो हेलचेक्र्याइँले

हस्तान्तरण हुन सक्छन् भाइरसहरू

अनि सेलाउनेछन् उनका बाँच्ने रहरहरू ।

त्यसैले त म तिम्रो अदृश्य आत्मा

तिमीलाई अनुरोध गरिरहेछु 

बाहिर न निस्क न, 

हे बन्धुहरू,

तिम्रो मनलाई थामेर भित्रै बस 

अनि संघर्ष गर

तिम्रो संघर्षको जीत, अवश्य हुनेछ ।

प्रकाशित: १७ भाद्र २०७७ ०८:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App