७ वैशाख २०८१ शुक्रबार
कला

स्कुल जाने रहर

बालकविता

अपेक्षा बास्तोला

 

कोरोनाको कहरले विश्व त्रसित  भयो,

स्कुल जाने रहर मेरो त्यसै खेर गयो ।

 

छ कक्षामा पुगेकी थेँ  स्कुल जान पाइनँ ,

पढ्नु पर्‍यो  घरै बसी कक्षा अनलाइन ।

 

स्कुल, कक्षा, खेलमैदान  रमाइलो थियो,

यो वर्ष कोरोनाले घरमै बसाइदियो ।

 

एउटा बाटो बन्द भए अर्को खोज्नै पर्‍यो

कक्षा लिन अनलाइनको बाटो रोज्नै पर्‍यो।

 

अनलाइनले प्रविधिको बाटो चिनाइदियो ,

पछि पनि यसलाई हाम्ले, जान्नै पर्ने थियो ।

         कक्षा– ६ ,

हिमरश्मि हाइस्कुल , तारकेश्वर, काठमाडौं ।

प्रकाशित: २१ भाद्र २०७७ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App