७ वैशाख २०८१ शुक्रबार

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै!

सालैपिच्छे यतिउति, भन्दै उमेर गन्दा गन्दै, आफ्नै आयु घटिराछ, आज भोलि भन्दा भन्दै। पत्तो छैन कहाँ अनि, कतिबेला प्राण जाने, बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दा खन्दै।

सद्भाव

छिमेकीको अनावश्यक चासोमा दिक्क नमानी, दुर्घटनामा बितेका बाबुलाई सम्झिदै उसले भन्यो,‘हजुर, पितृको सम्झनामा श्रद्धाको बीउ छर्न गएको थिएँ। ढुंगामा छरिएकाले पशुपन्छीको पेट भरिन्छ र माटोमा छरिएकाबाट निष्ठाको बिरुवा उम्रनेछ।’

सम्झनामा वनभोज

झन्डै ५ बज्न लागेको थियो। समय त घर जाने थियो तर आमाबुवाजस्तो माया गर्ने गुरु-गुरुआमाहरू र दिदीबहिनीको जस्तो माया गर्ने साथीहरूलाई छोडेर जाने मन थिएन।

परिवर्तन

दिदीबाट उसले के सिक्यो कुन्नि? त्यसपछि उभित्र धेरै परिवर्तनहरू देखिन थाले। त्यसपछि उसको क्रियाकलापले कसैलाई पिरोलिनु परेन। उसमा आएको यो परिवर्तन हामी सबैको खुसी बोकेको थियो।

मेरो वराहक्षेत्र भ्रमण

त्यहाँ त्यो ढुंगा उठाउन सक्ने व्यक्तिले केही पाप गरेको छैन भन्ने विश्वास रहेछ। म भने ढुंगा उठाउन सक्छु कि भनेर नजिक गएँ तर उठाउन सकिनँ। मेरो मन एकछिन भारी भयो तर मलाई त्यो ढुंगा मेरो उमेरको मान्छेले उठाउन सक्दैन भन्ने थाहा थियो।

शैक्षिक भ्रमणमा मेरो सहभागिता

यो वर्षको शैक्षिक भ्रमण निकै रमाइलो भयो। हामीले निकै रमाइलो गर्‍यौ। यो दिन हामीलाई जीवनभर याद रहनेछ। विद्यालयले विद्यार्थीहरूलाई शैक्षिक भ्रमणमा पठाउनु नै ज्ञानको प्रयोगात्मक ढोका खोल्नु हो।

मोबाइलको करामत

‘अनलाइन’ कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाइन्। सत्र हजार छ सय चालिसको मोबाइल राजमतिको हातमा सलबलाउन आइपुग्यो। शिक्षकहरूले ‘फेसबुक एकाउन्ट’ खोलिदिए। ‘म्यासेन्जर ग्रुप’ मा जोडिदिए। फोटाहरू पोस्ट गर्न सिकाइदिए। ‘म्यासेज’ को घण्टी बज्न थाले। ‘म्यासेज’ हेरेर दंग पर्थिन् राजमती। ‘पोस्ट’ गरेका फोटा देखेर रमाउँथिन् राजमती।

चिठी

कहिले आँसु लेखाउँछ कहिले हाँसो फुटाउँछ जस्तो–जस्तो गरे पनि मन हलुका बनाउँछ। हुलाकी दाइ आउनासाथ मनमा बजिहाल्छ सिठी हजुरबा गमक्क पर्नुहुन्छ जब म लेख्छु बुबालाई चिठी।

‘सानुकाजीको बुँख्याःचा’

चराचुरुंगी र गाईवस्तुले तुइकाजीको खेतको धानबाली बिगार्छन् । बुँख्याःचाले मान्छेको मिहिनेतको कदर गर्नुपर्छ भन्दै गाईवस्तु र चराचुरुंगीलाई अन्नबाली नबिगारिदेऊ भनेर बिन्ती गर्छ । बुँख्याःचाको बिन्ती सुनेर गाईवस्तु र चराचुरुंगीले मान्छेको अन्नबाली नबिगार्ने वचन दिन्छन् । बुँख्याःचा खुसी हुन्छ।

सिसी क्यामेरा

आमाको सारी समातेर नजिकै टाँसिदै रुँदै भन्यो –आमा आजदेखि म कहिल्यै खराब साथीको संगत गर्दिनँ । प्रकाशले नै मलाई चोर्न र ठग्न सिकाएको हो । भोलिदेखि सधैं स्कुल जान्छु । बदमासी काम कहिल्यै गर्दिन । मलाई माफ गरिदिनुहोस है ।

घाम लागे हुन्थ्यो

चिसो –चिसो सिरेटोले हिमाल नाघे हुन्थ्यो, जाडो भयो पहारिलो घाम लागे हुन्थ्यो । न त बस्ती देखिने न त मान्छे देखिने,कुहिरामै अल्झिएर घाम पनि छेकिने। यति बाक्लो अँध्यारो कुहिरो भागे हुन्थ्यो, हुस्सु– कुहिरो भगाउन घाम लागे हुन्थ्यो ।

सानो संसार र होचा मान्छेहरू

हामीले अग्लो मान्छे बन्न सगरमाथाजस्तै ठुलो छाती पार्नुपर्छ । संसारलाई दिने काममा सक्रिय हुनुपर्छ । लिने काममा मात्र लिप्त हुनु हुन्न । विज्ञान, प्रविधि, सञ्चार, यातायात आदिले ल्याएको प्रगतिलाई व्यक्तिगत स्वार्थको तराजुमा तौलनु हुन्न । संसारको उन्नतिमा लगाउनुपर्छ । त्यसो भएमा मात्र हामी अग्लिन सक्छौं ।

सुगा

गोपीकृष्ण गोपीकृष्ण भन्छ पिञ्जराको सुगाले । जाडो भए ढाकिदिन्छुउसलाई न्यानो लुगाले । खोलिदिन्छु पिञ्जरा म उड्छु सुगा रमाई ।म पनि त रमाउंछु उसको हात समाई । सुगा मेरो हरियो छ चुच्चोचाहिं रातो ।रिसाउंदा झम्टिन्छ नि लिन्छ यसले सातो ।

अभियान

दीक्षा – मतभेद पनि होइन, हामी बिच भेदभाव पनि छैन । वैचारिक द्वन्द्व निवारणको उपाय मात्र गर्दै छु । बलेको आगो ताप्ने, निभेको आगो लत्याउने कार्यका विरुद्ध उभिँदै छु । खासमा आर्थिक विभेदले उब्जाएको सामाजिक विभेद उन्मूलनमा सहयोगी बन्न खोज्दै छु ।

कृष्णभक्त सुदामा

सुदामाको हातमा भएको पोको कृष्णले लिनुभयो । यत्रो स्नेहका साथ तिमीले ल्याइदिएको कोसेली भन्दै त्यो पोको खोलेर खान थाल्नुभयो । कृष्णजीले सुदामाको दुःख बुझिहाल्नुभयो । चिउराको त्यस्तो कनिका खूब मिठो मानीमानी खाएर कति मिठो खाने कुरा ल्याइदिऔँ साथी तिमीले ल्याइदिएको कोसेली मलाई साह्रै मन पर्छ । तिमीले मलाई कस्तो माया गर्छौ । भाव विभोर हुँदै सुदामालाई अंकमाल गर्नुभयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्