१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नारी उत्थान

लघुकथा

 इन्दिरा चापागाईं 

 

आज नारी दिवस। ऊ नारी अधिकारको अभियन्ता, नारी उत्थान केन्द्रको अध्यक्ष। उसले आजको कार्यक्रमको लागि मोबाइलमा आफ्नो वक्तव्यको अंश टाइप गर्यो। ‘आदरणीय जनसमुदाय, नारीलाई परापूर्वकालदेखि नै सम्मान गर्दै आइएको हाम्रो संस्कृति छ । नाममै पहिला नारीलाई पुकारिन्छ,सीताराम, लक्ष्मीनारायण। महाकाली, महालक्ष्मी, महासरस्वती शक्तिस्वरुपा नवदुर्गा नारी शक्तिको हामी उपासना गर्छौं। नारी प्रधानमन्त्री,राष्ट्रपति, वैज्ञानिक,सगरमाथा विजेता सब भएका छन्। उनीहरूसंग अथाह क्षमता हुन्छ। नारी श्रृष्टि संचालक पनि हो। हामीले नारीलाई उचित वातावरण दिनुपर्छ र उनीहरूको शक्ति उजागर गर्न सहयोग गर्नुपर्छ। मैले हाम्रो संस्था र मेरो व्यक्तिगत तर्फबाट नारीको हक,हित र उत्थानको लागि अनवरत काम गरेको छु र गरिरहने छु। स्वास्नी भन्ने पुरानो धारणा हैन,अब हामीले सहयात्रीको रूपमा व्यवहार गर्नुपर्छ। हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? त्यसैले, यो कार्य हामी आफूबाटै र घरघरबाटै आजै सुरु गरौं,जय नारी शक्ति, जय नारी दिवस ।” ‘मैले चाँडै खाना पकाउ भनेको होइन अझ पाकेकै छैन,पत्नीलाई करायो।’ ‘पाकिसक्यो हजुर।अब पस्किहाल्छु।’पत्नीको जवाफ। कल्पना,ए कल्पना,’ खाना खाइसकेपछि फेरि ठूलो स्वरले करायो। ‘खाना खाँदैछु हजुर।’ “मलाई ढिला भैसक्यो,जुत्तामा पोलिस लगाइदेऊ ।कोट र व्याग तल ल्याइदेऊ अनि गाडी पनि पुछपाछ गर्देऊ।”

प्रकाशित: २८ भाद्र २०७७ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App