१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

गणेशको टाउको

स्नेह पोखरेल

 

 

महादेव कैलाश पर्वत घुम्न गएका थिए । पति घुम्न गएका बेलामा पार्वतीले आफ्नो सुरक्षाका लागि छोरा गणेशलाई ढोका बाहिर राखिन् अनि ढोकाबाट भित्र कसैलाई पस्न नदिनु है भनिन् ।

कैलाशकुट पर्वत घुमेर जट्टेधारी शिव घर आए । शिवले गणेशलाई छोरो भनेर चिनेनन् । गणेशले पनि शिव आफ्नो बाबु हो भनेर चिनेको थिएन । शिव आफ्नो घरभित्र जान खोजे । पार्वती भित्र नुहाउँदै थिइन् । आमाको आज्ञापालन गर्न गणेशले भित्र जान दिएनन् । शिव र गणेशको भनाभन भयो । शिव एकदमै झ्वाँकी र रिसाहा थिए । आफ्नो घरभित्र जान यति सानो केटाले बाटो छेक्दा  रिसले आगो भए । रिसको  झ्वाँकमा बाटो छेकेर बस्ने केटाको टाउको नै काटे  अनि शिव भित्र आए ।

शिवलाई भित्र आएको देखेर छक्क पर्दै पार्वतीले सोधिन् – महादेवलाई बाहिर द्वारमा कसैले रोकेन !

“अँ, एउटा फुच्चे केटो खूब फूर्ति गर्दै रोक्न खोज्यो । अनि मेरो घरमा मलाई नै रोक्नेको शिर नै काटेर दुई टुक्रा पारेर लडाए । त्यसको कस्तो हिम्मत भनेर बाटो खोलेर आए ।’ महादेव रिसको आगोमा दन्कदै भने ।

आफ्ना पतिका कुरा सुनेर पार्वती विलाप गर्न थालिन । आफ्नो बालक छोरालाई बाबुले नै काटकोमा रुँदै महादेवलाई त्यो त हाम्रै छोरा हो । महादेव नभएको बेला मेरो रक्षाका लागि मैले नै उसलाई बाहिर राखेकी थिएँ । यो के गरेको । जसरी भए पनि हाम्रो छोरालाई बचाउनुस्  । ऊबिना बाँच्न सक्दिन  भनेर विन्ती गरिन् । पार्वतीले यसोभन्दा महादेव तीन छक्क परे । आफूले ठूलो गल्ती गरेकोमा उनी खूब पछुताए ।

पछुताएर पनि के गर्नु । छोराको टाउको र जीउ  टुक्रयाई त गए । पार्वतीको बिलौनाले उनलाई असह्य भयो । अनि आफ्ना सेनाहरू नन्दी, भिरुंगीलाई, ‘अन्जानमा मैले मेरो छोरा काटें । अब उसलाई बचाउन जे जसको टाउको पाउँछौं, त्यसको टाउको छिटो ल्याओ हतारिदै आदेश दिए । आफ्ना स्वामी महादेवको आज्ञापालना गर्दै नन्दी, भिरुंगीहरू टाउको लिन भनी तुरन्तै हिँडे ।

बाटामा जाँदाजाँदै पहिले हात्तीको बच्चा देखे अनि त्यही हात्तीको बच्चाको टाउको नै काटेर ल्याए र महादेव अगाडि राखे ।

हात्तीको टाउको देख्नेबित्तिकै महादेवले आफ्ना छोराको शरीरमा टाउको जोडे ।

आफ्नै छोराको शरीरमा हात्तीको टाउको राखेरै भए पनि छोरो बचाउन सकेकोमा महादेव र पार्वती खुसी भए ।

त्यसैले हात्तीको जस्तो सुँड गणेशको टाउको छ । गणेश जन्मदा यस्ता थिएनन् ।

प्रकाशित: ८ मंसिर २०७७ १०:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App