१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

युनिकन हाम्रो साथी

बालकथा

अश्लेषा उप्रेती

मेरी आठ वर्षकी नातिनी अश्लेषा उप्रेतीले भनेको मैले टाइप गरेको युनिकनको कथा कस्तो छ, भन्दिनु है !       – लक्ष्मी उप्रेती

 

सविना फुपूले मेरो नाम खुसी राखिदिनुभयो । मेरो घर असुनगरमा छ। मेरी सानुदिदीको घर कोमलनगरमा छ। असुनगरबाट कोमलनगर पुग्न हवाईजहाजमा आधा घण्टा लाग्छ। यसपटक मलाई कोमलनगर सानु दिदीकामा परिक्षा सकिनेबित्तिकै जान मन लागेको तर  कोरोनाले गर्दा जान पाइनँ। हुन त असुनगरमा र कोमलनगरमा कोरोना छैन तर बाटामा सबैतिर कोरोनाको डर छ। आठ महिना भैसक्दा पनि कोरोना हटेन। अब त जसरी पनि म यो दशैंमा सानुदिदीकामा जान्छु ।

नातिनी अश्लेषा उप्रेती

मसँग प्रिया र रूवी पनि कोमलनगर जाने भए। अनि मुखमा माक्स लगाएर सेनेटाइजर र सुरक्षाका सामान सहित हामी ल्पेनमा चढेर कोमलनगर गयौं। कोमलनगरमा हामीलाई देखेर सानुदिदी खुसी हुनुभयो । हामीलाई मीठोमीठो खाना खुवाउनुभयो। अनि साँझमा सानुदिदीले हाकेको कारमा हामीलाई कोमलनगर देखाउन लैजानुभयो।

कोमलनगर पनि असुनगरजस्तै राम्रो रहेछ। ठूल्ठूला पसलमा राम्राराम्रा सामान बेच्न राखेका थिए। एउटा पसलमा त युनिकन पनि बेच्न राखेको रैछ। यो मलाई एकदमै मन परयो । अनि सानुदिदीलाई किन्दिनु न भने। सानुदिदीले आज रात पर्न लाग्यो भोलि किनैला भनेर घर ल्याउनुभयो। राति पनि मीठोखाना खान दिनुभयो अनि एकछिन रमाइलो गरेर सुत्यौं ।

बिहान छिटो गरेर हामीले खाना खायौं। अनि सानुदिदीले हिड कोमलनगरको बजार हिँडेर जाऊँ भन्नुभयो। हिडेर जाने भनेपछि मलाई अल्छी  लाग्यो । मेरो कुरा दिदीले बुझेर खुसी, युनिकन किनेपछि कारमा अट्दैन त्यसैले हिडेर जानुपर्छ भन्नुभयो । युनिकन भनेपछि म फुरुङ्ङ परेर हुन्छ हुन्छ हिडेर नै जाने भनेर बाटो लागे। बजारमा सानुदिदीले हल्का गुलाफी रंगको राम्रो युनिकन किन्दिनुभयो । त्यसपछि त्यो युनिकन ङिच्च दाँत देखाएर हाँस्दै रमाएर मेरो छेउमा आयो र  हजुरहरूलाई म घर पुराउँछु है भन्यो अनि ढाड थाप्यो। युनिकनले स्वाट्ट एकैछिनमा घर पुरायो।  

हजुरआमा लक्ष्मी उप्रेती

घर पुगेपछि युनिकनले झलमल्ल परेको आफ्नो बस्ने ठाउँ  बनायो।

युनियन र हामी सबै खुसी भएर खान खायौं। भोलि असुनगर जाने युनिकनले थाहा पाएर  म पुराउँछु भन्यो। भोलि छिटो खान खाएर युनिकनले हामीलाई सरर उडाएर एकैछिनमा असुनगर पुरायो। युनिकनमा चढेर आउँदा त माक्स पनि लाउनु परेन सेनिटाइज बोक्न पनि परेन। अहा क्या मज्जाले असुनगर आइयो भनेर प्रिया, रूवी र म रमाउदै नाचौं । अनि हामीहरूसँगै युनिकन भएर  नाच्यो। त्यसपछि युनिकन हाम्रो साथी भयो।

प्रकाशित: १८ कार्तिक २०७७ १०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App