२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नलसिङ गाडका प्रमुखविरुद्ध भष्ट्राचार मुद्दा

नलसिङ गाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अाइतबार भष्ट्राचार मुद्दा दायर गरेको छ।

मुद्दाको प्रारम्भिक सुनुवाइ अवरुद्ध

दस महिनादेखि संवैधानिक इजलासले पूर्णता नपाउँदा सर्वोच्च अदालतमा दर्ता भएका मुद्दाको पहिलो सुनुवाइ हुन पाएका छैनन्। पूर्ण नभए पनि सर्वोच्चमा संवैधानिक इजलास सम्बन्धी निवेदन दर्ता भइरहेका छन्।

आइजिपी बढुवा मुद्दामा फैसला आज

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले प्रहरी महानिरीक्षक (आइजिपी) बढुवासम्बन्धी मुद्दाको फैसला मंगलबार सुनाउने भएको छ। उक्त मुद्दामा प्रधानन्यायाधीश सुशीला कार्कीसहितको बृहत् पूर्ण इजलासमा आइतबार र सोमबार गरी बहस सकिएको छ।

अपहरण तथा बन्धक मुद्दामा फरार पनेरु पक्राउ

अपहरण तथा शरीरिक बन्धक मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्। रुपन्देही जिल्ला अदालतको २०६९ भदौ १३ गतेको फैसलाले २ बर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना सजाय भई फरार रहेका काठमाडौं पुरानो नैकाप बस्ने ३४ वर्षीय भाष्कर पनेरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले सोमबार पक्राउ गरेको हो।

स्थानीय चुनावमा भूमिहीनका मुद्दा

फर्साटिकर, सातकुलोका ७२ वर्षीय मोहन कुमाल नजिकिँदै गरेको स्थानीय तहको चुनावले उत्साही छन्। तीन धुर जग्गामा रहेको खरको बुकुरोको लालपुर्जा पाउन नसकेका उनका लागि हरेक चुनाव आशाको त्यान्द्रो बनेर आउँछ। यसपटक पनि उनी यही आशामा छन्। ‘यही बुकुरोको लालपुर्जा पाएर मर्न पाए हुन्थ्यो', उनले भने।

आइजीपी मुद्दा हेर्दा हेर्दैमा

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे अन्तिम बहस हेर्दा हेर्दै भोलीलाई सरेको छ। आइतवारबाट सर्वोच्चमा आइजीपी वहश सुनुवाई शुरु भएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गरिरहेको थियो।

मधेस मुद्दामा प्रमुख दल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट सत्तासाझेदार मधेसी मोर्चा अलग भएको छ। मोर्चा सरकारबाट अलग हुँदा पनि सरकारका लागि आवश्यक मतको कमी भएको छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी भएपछि सरकार थप बलियो भएका कारण पनि मोर्चाको अभाव खट्किने स्थिति छैन। तथापि, सरकारका निम्ति मोर्चाको अनुपस्थिति भने खट्किने पक्ष हो।

डा.भट्टराई, विप्लव र वैद्यकाे पार्टीद्वारा ज्यानमुद्दाका दोषीलाई अभिनन्दन

सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि नेपाल प्रहरीको नजरमा फरार अभियुक्त माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई ओखलढुंगाका विभिन्न पार्टी र संघ–संस्थाले सार्वजनिक अभिनन्दन गरेका छन्।

साझामा आगो लगाउनेलाई सार्वजनिक मुद्दा

प्रहरीले शनिबार साझा यातायातको बसमा आगजनी गरेको आरोपमा पक्राउ गरेका एकजनालाई केही सार्वजनिक अपराध ऐन अनुसार कारवाही थालेको छ ।

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै जारी गरेको ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

परिवर्तनका मुद्दालाई कसैले खोस्न सक्दैन: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले परिवर्तनका मुद्दालाई कसैले खोस्न नसक्ने बताएका छन्। अन्तराष्ट्रिय महिला दिवसका अवसरमा यहाँ आयोजित पश्चिमाञ्चल महिला महोत्सवको मंगलबार कुश्मा बजारमा उद्घाटन गर्दै पुनले यस्तो बताएका हुन।

साढे ३३ किलो सुन प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा

त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साडे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। प्रहरीले सुन तस्करीको फरार सूचीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स र वैवभ लक्ष्मी ज्वेलर्स सम्वद्ध व्यक्तिलाई राखेको छ।

७० प्रतिशत मुद्दामा सरकारलाई सफलता

अदालतमा बचाउ गरिएका मुद्दामध्ये सरकारी वकिलले औसत ७०.०९ प्रतिशतमा सफलता हासिल गरेको तथ्यांकले देखाएको छ। महान्यायाधिवक्ता कार्यालयका अनुसार सरकारी वकिलबाट सर्वाेच्च अदालतमा आर्थिक वर्ष २०७२/७३ मा बहसपैरवी भएका रिट तथा निवेदनमा ४५ प्रतिशतमा सफलता मिलेको छ।

'विकास मुद्दामा पक्ष-विपक्ष बाँडिँदैनौं'

आर्थिक विकासका मुद्दामा पक्ष–विपक्ष नहुने भन्दै प्रमुख राजनीतिक दलका नेताले आर्थिक मुद्दामा एकजुट हुने प्रतिबद्धता जनाएका छन्। राजधानीमा बिहीबार सुरु 'नेपाल लगानी सम्मेलन–२०१७' बीच प्रमुख दलका नेताले विदेशी लगानीकर्तासमक्ष आर्थिक समृद्धिमा आफूहरु एकताबद्ध रहेको सन्देश दिएका हुन्।

संघीयताको पेचिलो मुद्दा : वनको अधिकार कसलाई कति?

स्थानीय तहको वास्तविक संख्या निर्धारण नहु“दै सरकारले निर्वाचन मिति घोषणा गर्दै एकातिर निर्वाचनको वातावरण तयार गर्न अपिल गरेको छ। स्थानीय तह पुनःसंरचना आयोग भने सोमबारसम्म पनि स्थानीय तहको संख्या बढाउने गृहकार्यमा जुटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्