२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

साढे ३३ किलो सुन प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा

काठमाडौं- त्रिभुवन विमानस्थलबाट अवैधरुपमा साढे ३३ किलो सुन ल्याएको घटनामा संलग्न भएको भन्दै प्रहरीले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले पक्राउ परेका १२ जना र फरार सूचीमा रहेका २१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

प्रहरीले सुन तस्करीको फरार सूचीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स र वैवभ लक्ष्मी ज्वेलर्स सम्वद्ध व्यक्तिलाई राखेको छ।

पुस २१ गते विमानस्थलबाट साडे ३३ किलो अवैध सुन सिआइवीले नियन्त्रणमा लिएको थियो। सुन तस्करीमा संलग्न रहेको भन्दै सिआइवीले विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीलाई समेत पक्राउ गरेको थियो। यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तथ्यांक अधिकृतको रुपमा कार्यरत श्रीनारायण यादव समेत पक्राउ परेका थिए।  

को को माथि छ मुद्दा

प्रहरीले पक्राउ पछि मुद्दा दायर गरेकामा गोपाल बहादुर शाही,दिलबन्धु थापा,सन्तोष काफ्ले, राम हरी कार्की, श्री नारायण यादव (तथ्याङ्क अधिकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय),राज कुमार ढकाल (एक्सरे मेशिन टेक्निसियन-करार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय), श्याम कृष्ण श्रेष्ठ च्वामु (रेडियो अपरेटर- ना.सु. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय), श्याम बहादुर खत्री (प्र.ब.उ. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल), रोजेश शाक्य  (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक), सुनिल श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक), सपन श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक), मनोज श्रेष्ठ (वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेस प्रा.लि. न्युरोडका सञ्चालक) रहेका छन्।

प्रहरीले फरार सूचीमा हरिशरण खड्का, रोशन भन्ने गुप्तलाल भुषाल, किसनगोपाल अग्रवाल, राजन प्रसाद पन्त, अर्जुन प्रसाद खरेल, ध्रुव, चुडामणी उप्रेती, गोरे भन्ने सिताराम खरेल, केशव चापागाई, सन्जय भन्ने दुर्गा प्रसाद खरेल, गोपी भुषाल, सन्तोष काफ्ले, रामहरि कार्की, रुविन भन्ने राम प्रसाद खड्का, प्रकाश खरेल, दिलबन्धु थापा, राजेन्द्र कुमार शाक्य, मालिका बज्राचार्य शाक्य, (आरके ज्वेलर्स), रामकिसन गोयल, कुसुम गोयल, राहुल गोयल (सालिमार ज्वेलर्स), विभुती अमोल बालचन्द्र (श्रीराम ज्वेलर्स) प्रमोद श्रेष्ठ, (वैभव लक्ष्मी ज्वेलर्स) रवीराजेश वोगटी, शनी श्रेष्ठ र गिता श्रेष्ठ रहेका छन्।

 

 

 

 

प्रकाशित: २२ फाल्गुन २०७३ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App