२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दलित समुदायको मुद्दालाई राष्ट्रसङ्घमा प्रभावकारी रुपमा उठाउँछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका दलित समुदायको मुद्दालाई संयुक्त राष्ट्रसङ्घमा प्रभावकारी रुपमा प्रस्तुत गर्ने बताएका छन्।

उपन्यायाधिवक्ता घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आइजिपी मुद्दामा अर्को सुनुवाइ मंगलबार

प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्ति विवादसम्बन्धी मुद्दामा अर्को सुनुवाई मंगलबार हुने भएको छ। प्रहरी महानिरीक्षकमा तीन प्रतिस्पर्धीमध्ये जयबहादुर चन्दलाई सरकारले नियुक्त गरेपछि सर्वोच्च अदालतमा दर्ता भएको  रिटमा बुधबारबाट सुनुवाइ भएको थियो।

आइजिपी मुद्दामा निरन्तर सुनुवाइ

नेपाल प्रहरीको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर किनारा लगाउने  भएको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बुधबार सुरु भएको मुद्दा लगातार हेरेर किनारा लगाउन लागिएको हो।

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ।

द्वन्द्वका मुद्दा हेर्ने अदालतमा 'राजनीतिक नियुक्ति'

द्वन्द्वकालीन मुद्दा सुनुवाइ गर्न गठन हुने तीन सदस्यीय विशेष अदालतमा बहुमत सदस्य राजनीतिक आधारमा नियुक्त हुने भएका छन्।

आइजिपी नियुक्ति प्रकरणमा सर्वोच्चमा मुद्दामाथि मुद्दा

प्रहरी महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दामाथि मुद्दा थपिएको छ।निर्णय भएको साता नबित्दै तीनवटा रिट दर्ता भएको छ। आइजिपीका अर्का प्रतिस्पर्धी नवराज सिलवाललाई बनाउनुपर्ने, सिलवाललाई बनाउन नहुने र चन्दलाई बनाउनुपर्ने दाबी गर्दै मुद्दा दर्ता भएका छन्।

डिडिसीविरुद्ध मुद्दा

खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले न्यूनस्तरको दूध उत्पादन गरेको भन्दै दुग्ध विकास संस्थान (डिडिसी) विरुद्ध मुद्दा दायर गरेको छ। विभागले दुई फरक मितिमा डिडिसीले उत्पादन गरेको दूधको नमुना परीक्षण गर्दा गुणस्तर न्यून पाएको थियो।

अपरहण मुद्दामा ६ वर्ष कैद सुनाइएका फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतद्वारा ६ वर्षको कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

न्यायाधीशविरुद्ध मुद्दा नलिन परिपत्र

सर्वोच्च अदालतले न्यायाधीशविरुद्ध मुद्दा नलिन मातहत सबै अदालतलाई परिपत्र गरेको छ। 'न्यायाधीशलाई व्यक्तिगत रुपमा विपक्षी बनाई मुद्दा दर्ता नगर्न' सबै प्रकारका अदालतलाई यसअघि नै भएको निर्देशनात्मक आदेशअनुसार सर्वोच्चले उच्च अदालत, प्रशासकीय अदालत, विशेष अदालत, न्यायाधिकरण, श्रम अदालत सहित सबै इजलासलाई मंगलबार परिपत्र गरेको हो।

कृष्ण अधिकारी हत्या प्रकरण : मुद्दा फैसला अनिश्चित

मौखिक र लिखित बहस सकिएको लामो समय हुँदा पनि चितवन जिल्ला अदालतमा दर्ता भएको चर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दाको फैसला मिति अनिश्चित भएको छ। सो मुद्दाको फैसलाका लागि चार-चार पटक तोकिएका पेशी सरेको सर्‍यौ भएका छन्।

अलमलमा समावेशी मुद्दा

समावेशी लोकतन्त्रको दस वर्षपछि पनि बाजुरामा सय रुपियाँ प्रतिकिलो नूनका लागि लागेको लाइनले, रोल्पाको डोके एम्बुलेन्सको तस्बिरले जाहेर गर्छ– मौलिक अधिकारमा जनताको पहुँच । बाँकी जिल्लाको समाचार हामीले नपाएको मात्र हो।

'सत्तामा भए पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहभागी छैनौं'

'तीनै ठूला दल महत्वपूर्ण र दूरगामी राष्ट्रिय विषयमा स्पष्ट हुन आवश्यक छ । अहिलेको प्रक्रियामा तीनवटै दलले राप्रपालाई सहभागी गराएका छैनन् । त्यसैले सरकारका कतिपय निर्णयमा हाम्रो नैतिक दायित्व हुँदैन।'

कसले गर्छ सरकारको मुद्दामा वहश ?

उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवीलगायत कार्य बहिष्कार गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्