प्रहरीमाथि गोली हान्नेलाई सार्वजनिक मुद्दा !
प्रहरीले आफ्नै अधिकारीमाथि गोली प्रहार गर्ने र चोरी घटनाका एक आरोपितलाई केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ। महानगरीय अपराध महाशाखाले भदौ २३ गते मातातीर्थमा प्रहरीलाई लक्षित गरी भएको गोली प्रहार घटनाका आरोपित कुमार भनिने निङ्मा लामालाई माघ १ यता दुईपटक गरी सात दिन म्याद लिएको हो।